Close sidebar

घोराहीमा यातायात कार्यालय खोल्न माग, ‘घोराही बनाऔँ अभियान’द्वारा मन्त्रीलाई ज्ञापनपत्र

घोराही । सवारी साधनको लाइसेन्स नवीकरण, बिलबुक राजस्व तिर्ने लगायतका सेवामा समस्या परेको भन्दै घोराही बनाऔँ अभियानले घोराहीमा यातायात व्यवस्था विभागको सम्पर्क कार्यालय स्थापना गर्न माग गरेको छ।
अभियानका संयोजक सबिन प्रियासनको नेतृत्वमा गएको टोलीले बिहीबार लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।
अभियानका अनुसार हाल यातायातसम्बन्धी सेवा लिनका लागि सेवाग्राहीहरू तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ। त्यहाँ अत्यधिक भीडभाड हुने भएकाले सर्वसाधारणले अनावश्यक सास्ती व्यहोर्नु परेको भन्दै घोराहीमै सेवा विस्तार गर्नुपर्ने माग गरिएको हो।
यसअघि पनि अभियानले यस विषयमा पूर्व यातायात मन्त्री रोज राना, जिल्ला समन्वय समिति दाङ लगायतका सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेको जनाएको छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री न्यौपानेले जनसरोकारका विषयमा अभियानले चासो देखाएकोमा धन्यवाद दिँदै घोराहीमा यातायातको सम्पर्क कार्यालय खोल्ने तयारी भइरहेको जानकारी दिनुभयो।
अभियानले दाङ जिल्ला क्षेत्रफल र जनसंख्याका हिसाबले ठूलो भएकाले सेवा विस्तार आवश्यक रहेको उल्लेख गरेको छ। घोराहीमा यातायात कार्यालय स्थापना भएमा दाङका विभिन्न पालिकाका साथै छिमेकी जिल्लाका सेवाग्राहीले पनि सहज सेवा पाउने विश्वास व्यक्त गरिएको छ।
अभियानले जनताको आवश्यकतासँग जोडिएको विषयमा सम्बन्धित निकायले गम्भीरता नदेखाए थप कार्यक्रम घोषणा गरेर आन्दोलन अघि बढ्ने चेतावनी समेत दिएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...