‘यो मेरो वडा होइन’ भनेनन् ज्ञानेन्द्रले, रुख ढलेर बन्द भएको बाटो आफ्नै खर्चमा खुलाए
जनप्रतिनिधिको परिचय पद, कुर्सी र कार्यालयको सीमाभित्र मात्र खोजिँदैन। जनताको समस्या देख्दा आफूले सक्ने सहयोग गर्न अघि सर्नु पनि जनप्रतिनिधिको जिम्मेवारी हो। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडा अध्यक्ष ज्ञानेन्द्र राज वलीले यही भावनालाई व्यवहारमा उतार्दै आफ्नो वडा क्षेत्रभन्दा बाहिर पुगेर जनताको अवरुद्ध बाटो खुलाउन व्यक्तिगत पहल गरेका छन्।
राप्ती सोनारी गाउँपालिका–८, बालापुर गाउँमा केही दिनदेखि रुख ढलेर बाटो अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भइरहेको थियो। लामो समयदेखि अवरुद्ध रहेको बाटो खुलाउन वडा अध्यक्ष वलीले व्यक्तिगत तर्फबाट सहयोग गर्दै आवश्यक पहल गरेपछि बुधबार बिहान बाटो सञ्चालनमा आएको हो।
Advertisement
आफ्नो वडा क्षेत्रभन्दा बाहिरको समस्या भए पनि जनताको समस्या आफ्नै समस्या सम्झेर व्यक्तिगत रूपमा सहयोग गर्दै बाटो सञ्चालनमा ल्याएपछि स्थानीयवासीले वडा अध्यक्ष वलीको प्रशंसा गरेका छन्।
स्थानीय एक नागरिकले भने, “धेरै दिनदेखि बालापुरको बाटो रुख ढलेर अवरुद्ध थियो। तर आज बिहानै बाटो खुलेको छ। बोल्नेभन्दा काम गरेर देखाउने उहाँको यो प्रयास प्रशंसनीय छ।”
Advertisement
वडा अध्यक्ष वलीले आफूले प्राप्त गर्ने सेवा–सुविधा तथा व्यक्तिगत स्रोतबाट समेत सामाजिक कार्यमा सहयोग गर्दै आएको बताइन्छ। विपन्न तथा एकल महिलालाई राहत सामग्री सहयोग, धार्मिक तथा शैक्षिक गतिविधिमा सहयोग गर्नुका साथै खेलकुदमा सक्रिय युवाहरू तथा खेलाडीलाई आवश्यक सामग्री र आर्थिक सहयोग गर्दै आएको स्थानीयको भनाइ छ।
जनप्रतिनिधिको जिम्मेवारीलाई केवल कार्यालय र औपचारिक कार्यक्रममा सीमित नराखी समुदायका समस्या समाधानमा प्रत्यक्ष रूपमा जोडिनुपर्ने मान्यता राख्ने वलीले सामाजिक काममा व्यक्तिगत रूपमा समेत योगदान गर्दै आएका छन्।
Advertisement
बालापुरको बाटो खुलाउन गरिएको पछिल्लो सहयोगले पनि जनप्रतिनिधिको वास्तविक पहिचान पदभन्दा व्यवहार र जनताको दुःखमा देखिने उपस्थितिले निर्धारण गर्छ भन्ने सन्देश दिएको स्थानीयहरू बताउँछन्।






































प्रतिक्रिया