Close sidebar

परसपुर गौघाट सडक खण्ड तिब्र गतिमा निर्माण, ४ महिनाभित्र सम्पन्न हुने अनुमान

नेपालगन्ज : चर्चामा रहदै आएको बाँकेको परसपुर गौघाट सडक खण्ड लामोसमयको पर्खाई पछि निर्माणले तिब्रता पाएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिका भित्र पर्ने परसपुर-गौघाट सडक खण्ड आगामी ४ महिना भित्रै सम्पन्न गर्नेगरी निर्माणको काम भैरहेको छ ।
संघीय सरकारको लगानीमा करिब १४ करोडमा कन्काई-गणपति जेभीले सडक निर्माणको ठेक्का पाएपनि कम्पनीले निर्माण कार्यमा सुरुआत देखि नै ढिलाई गर्दै आएको थियो ।

Advertisement

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. (तुफान), प्रवक्ता समेत रहेका खजुरा वडा नम्बर दुईका अध्यक्ष धनराम ओली लगायत बाँकेका निर्वाचित संघीय तथा प्रदेशका प्रतिनिधि र स्थानीयको लगातारको प्रयासले उक्त सडक खण्ड अबको ४ महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको छ ।
खजुरा गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर दुईका अध्यक्ष धनराम ओलीले परसपुर-गौघाट सडक खण्डको काम तिब्र गतिमा भैरहेको र आगामी ४ महिनामा निर्माण सम्पन्न हुने बताएका छन् ।

निर्माण कार्य तिब्र गतिमा भैरहेको देख्न सकिन्छ, यस्तै हिसाबले काम हुने हो र मौसमले साथ दिने हो भने यो सडक निर्माणको काम सम्पन्न हुन चार महिना पनि लाग्दैन, अहिलेको निर्माणको काम हेरेर सन्तुष्ट नै रहेका छौं, वडा अध्यक्ष ओलीले भने ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

खजुरा गाउँपालिकाको ठूलो हिस्सा सोही सडक खण्डमा पर्ने भएको हुँदा खजुरा गाउँपालिकाका जनतालाई समस्या भैरहेको र सोको लागी खजुरा गाउँपालिकाले विशेष पहल गर्दै आएको र अहिले निर्माणको कामले तिब्रता लिदा खुसी लागेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि.क. (तुफान)ले बताए ।

उता निर्माणको ठेक्का पाएको कम्पनीका प्रेजेक्ट म्यान्जेर अन्जय कुमार ठाकुरले सडक निर्माणका क्रममा देखा परेको अवरोधहरु खजुरा गाउँपालिकाको समन्वय र पहलमा सहज तरिकाले कार्य हुँदै आएको र आगामी बर्षको जेष्ठ महिनासम्म निर्माण सम्पन्न हुने बताएका छन् ।

Advertisement

नेपालगन्ज उप-महानगरपालिका, जानकी, खजुरा गाउँपालिका र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर-गौघाट सडक खण्ड निर्माणको तिब्रता संगै स्थानीय समेत हर्शित भएका छन् ।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...