विजय लधुवित्त वित्तिय संस्था खजुरा शाखाले ऋण चुक्ता गर्दा समेत धितो राखेको जग्गा फुकुवा गर्न मानेन
नेपालगन्ज ः नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्कका दिपिका थापाले विजय लधुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाबाट जग्गा धितो राखेर ऋण निकाल्नुभयो । ऋण निकालेको केही बर्षपछि उहाँले पुरै पैसा तिर्नुभयो तर संस्थाले धितो राखेको जग्गा फुकुवा गर्न मानिरहेको छैन । विजय लुधुवित्त वित्तिय संस्था खजुरा शाखाबाट उहाँले केही बर्ष अगाडी ७ लाख ऋण लिनुभएको थियो । बैजनाथ गाउँपालिकामा रहेको जग्गा दिपिकाले धितो राखेर ऋण लिनुभएको थियो । ऋण लिएको पैसा उहाँलें मंगलवार चुक्ता गर्नुभयो । चुक्ता गरेको १ घण्टामै फुकुवा दिने वाचा लधुवित्त संस्थाले गरेको थियो तर फुकुवा गर्न सकेन । मंगलवार दिनभरी र बुधवार पनि दिनभरी फुकुवाको लागि लधुवित्त धाएको दिपिकाले बताउनुभयो । जग्गा फुकुवा गर्न संस्थाका जिम्मेवार व्यक्तिले पनि पन्छिन खोजिएको उहाँले बताउनुभयो । व्यक्तिगत ऋण लिदा र ऋण चुक्ता गर्दा समेत धितो फुकुवा गर्न किन नमानेको भन्दै उहाँले अचम्म मानेको पत्रकार समक्ष आफ्नो भनाई राख्नुभयो । हामीलाई संस्थाले बारम्बार आश्वासन मात्र दिईरहेको छ । कहिले आउदैछौं कहिले आज गर्दिन्छु भन्दै पन्छिन खोजिएको पिडित दिपिकाले बताउनुभयो । दिपिकाले धितो राखेको जग्गा फुकुवा गरि बेच्न खोजिएको जानकारी गराउनुभयो । आफ्नो जग्गा समेत बेच्न नपाईने कहाँको नियम आयो उहाँले भन्नु्भयो । धितो राख्दा ऋण चुक्क्ता गर्ने वित्तिकै जग्गा फुकुवा हुने बताएका थिए तर संस्थाले फुकुवा गर्न नमानेको उहाँले जानकारी गराउनुभयो । दिपिकाको ६ लाख ८७ हजार ९ सय १२ रुपैया चुक्ता गरेको उहाँले बताउनुभयो । संस्थाले जग्गा र पैसा समेत हडप्न खोजिएको पिडितले बताए । ऋण चुक्ता गरेको चिठी माग्दा समेत दिन मन नगरेको पिडितको गुनासो छ । संस्थाका कर्मचारीले भने सिओ सर बाहिर रहेको जानकारी गराउदै पन्छिन खोजिएका छन् । संस्थाले कहिले कसलाई हाकिम देखाउने कहिले कसलाई भन्दै आफ्नो टाउँकोमा लिन खोजिएका छैन्न । बुधवार पिडितहरु दिनभरी विजय लधुवित्तको कार्यालय खजुरा शाखामा बस्दा समेत कुनै किसिमको पहल नभएको पिडितले जानकारी गराएका छन् । ऋण चुक्ता हुदा पनि यसरी दुख झेल्नु पर्दो रहेछ पिडित दिपिकाका श्रीमान भुपेन्द्र अधिकारीले भन्नुभयो । विहानैदेखि संस्थाको कार्यालयमा धाएका छौं कर्मचारी भने आफ्नै तरिकाले पन्छिन खोजेको उहाँले जानकारी गराउनुभयो । अफिसमा मंगलवार जसको हातमा ऋण चुक्ता गरेको पैसा दियो त्यही व्यक्ति आज पैसा मैले समातेको हैन न म यहाँको कुनै जिम्मेवारी पोष्टको व्यक्ति हु भन्द्रै पन्छिन खोजेको उहाँले बताउनुभयो । ऋण चुक्ता गर्दा समेत धितो फुकुवा नहुदा सेवा ग्राही मारमा परेका छन् ।































प्रतिक्रिया