Close sidebar

कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्धारा ५० लाख सहयोग

कोहलपुर : कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडले ५० लाख सहयोग गरेको छ । कोहलपुर नगरपालिकामा विहीबार एक कार्यक्रमका बीच बैंकका लुम्विनी प्रदेश प्रमुख लव प्रसाद कुइँकेलले सहयोग रकमको चेक कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, शवदाह गृह निर्माण समितिका संयोजक वीरेन्द्र कुमार शाहको उपस्थितिमा कुइँकेलले अध्यक्ष अधिकारीलाई चेक हस्तान्तरण गरेका थिए । शवदाह गृह निर्माणमा एभरेष्ट बैंकले ठूलो योगदान दिएको भन्दै नगर प्रमुख आचार्यले बैंकप्रति आभार व्यक्त गरे ।

Advertisement

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गरेको सहयोगले शवदाह गृह निर्माणमा ठूलो टेवा पुगेको बताए । उनले अन्य संघसंस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न आग्रह समेत गरे ।

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले थालेको यो अभियानमा बैंकले गरेको सहयोगप्रति धन्यवाद दिइन् । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा सहयोग गर्न आग्रह समेत गरिन् । बैंकका लुम्विनी प्रदेश प्रमुख कुइँकेलले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताए ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कोहलपुर नगरपालिकाले शवदाह गृह निर्माणका लागि थालेको यो अभियानमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । शवदाह निर्माण समितिका संयोजक वीरेन्द्र कुमार शाहले शवदाह गृह निर्माणका लागि बैंक तथा वित्तिय संघसंस्थाहरुले महत्वपूर्ण सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । यसअघि ग्लोबल बैंकले २० लाख रुपैया सहयोग गरिसकेको छ । अन्य प्रतिष्ठित उद्योगीहरुले पनि शवदाह गृह निर्माणका लागि सहयोगको प्रतिवद्धता जनाएको संयोजक शाहले बताए ।

कोहलपुर नगरपालिकाले कोहलपुर–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माणाधिन कोहलपुर शवदाह गृह निर्माणको काम तीब्र गतिमा भइरहेको छ । कुल १ करोड २५ लाख लागतमा शवदाह गृह निर्माण हुन लागेको हो । उपभोक्ता समितिका अध्यक्ष अधिकारीका अनुसार शवदाह गृह निर्माणको काम ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ । माघ महिनादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माणकार्य भइरहेको अध्यक्ष अधिकारीले बताए ।

Advertisement

शवदाह गृहका लागि चाहिने अधिकांश संरचना निर्माण भइसकेको उनको भनाइ छ । शवदाह गृहमा अत्यावश्यक रहेको विद्युतसमेत जडान भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए । कोहलपुर नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ ।

कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो । गोल्छा समूह र दुगड समूहले समेत शवदाह गृहका लागि आवश्यक संचरना निर्माणको वाचा गरेको र छिट्टै सहयोग हस्तान्तरण गरिने आशा उनले व्यक्त गरे । कोहलपुरमा शवदाह गृह नहुँदा ४२ किलोमिटर दूरी पार गरेर राप्तीसोनारीस्थित अगैया घाट जानुपर्ने बाध्यता कोहलपुरबासीलाई थियो ।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...