Close sidebar

नेपालगन्ज महोत्सवमा सिर्जना खत्रीको बेजोड प्रस्तुति , भोलि को मुख्य कलाकार ज्योति मगर

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रादेशिक महोत्सवमा आज दोस्रो दिन लोकप्रिय गायिका सिर्जना खत्रीको बेजोड प्रस्तुतिले दर्शकलाई झुमाउँदै रमाइलो बनाएको छ। भोलि, महोत्सवको तेस्रो दिनमा अर्को चर्चित गायिका ज्योति मगरले आफ्नो प्रस्तुति दिनेछिन्। उहाँको आगमनले महोत्सवमा थप रौनकता थपिने अपेक्षा गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा माघ १० गते देखि माघ २२ गतेसम्म कारकाँदोस्थित सडक विभाग परिसरमा प्रादेशिक महोत्सव भैरहेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले उद्योग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सुचना प्रबिधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला सँस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको जानकारी दिनु भयो ।
उनका अनुसार उक्त महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी प्रदर्शनीमा राखिनेछ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्सका पनि स्टल रहने अध्यक्ष धामीले बताए । सूचना तथा विज्ञान प्रविधि सम्बन्धी नविनतम प्रविधिका साथै उद्यमशाला समेत प्रदर्शनीमा राखिने संघले जनाएको छ ।
महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्ग सहितको साँस्कृतिक प्रस्तुती तथा कृषि, पर्यटन, जडीबुटी, हस्तकला, अटो मोबाईल्स लगायत ३ सय ५० वटा स्टलका साथै सुचना तथा विज्ञान प्रबिधि सम्बन्धि नबिनतम प्रदर्शनी, विदेशी उधमशाला तथा उघोग प्रदर्शनी, थारू भिलेज साथै बिद्यालय स्तरीय नृत्य प्रतियोगिता हुनेछ ।
महोत्सव आयोजना गर्न एक करोड खर्च हुने र करिव ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवबाट आउने आम्दानी व्यवसायिक हितमा उपयोग गरिने संघले जनाएको छ ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...