Close sidebar

बाँकेमा ६ महिनामा ५० सवारी साधन चोरी, प्रहरीको अनुसन्धान जारी

बाँके जिल्लाभरबाट चालु आर्थिक वर्षको ६ महिनामा ५० वटा सवारी साधन चोरी भएका छन्। आर्थिक वर्ष २०८१–०८२ को साउन महिनादेखि हालसम्म जिल्लामा मात्रै ५० वटा सवारी साधन चोरी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले बाँकेले दिएको विवरण अनुसार २०८१ साउन ३ गतेदेखि २०८१ पुस २९ गतेसम्मको अवधिमा कार, मोटरसाइकल, स्कुटर र इ–रिक्सा गरेर ५० वटा सवारी साधन चोरी भएका हुन्।

Advertisement

यो अवधिमा जिल्लामा ४२ मोटरसाइकल, एउटा कार, तीन वटा स्कुटर र चार वटा इ–रिक्सा चोरी भएको प्रहरीले जनाएको छ।

चोरी भएका सवारी साधनको विषयमा पटकपटक उजुरी गर्दा पनि पत्ता नलागेको पीडितले गुनासो गर्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी आयुस जोशीले ६ महिनाको अवधिमा जिल्लामा चोरी भएका सवारी साधनको नम्बर र विवरण सार्वजनिक हुँदै आएको बताउनुभयो। यसरी विवरण सार्वजनिक हुँदा खोजी कार्यमा सहयोग पुग्ने प्रहरीको विश्वास छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

बाँके जिल्ला भारतीय सीमा जोडिएकोले चोरी भएका सवारी साधनलाई तत्काल सीमापार हुने समस्या भएकाले भेट्न कठिन हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...