Close sidebar

एलिनाले भनिन्– ‘विवाह गर्न हतार गरेछु’

गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले विवाह गर्न हतार गरेको स्वीकार गरेकी छन् । कसैले विवाह गर्दा डिभोर्स हुन्छ भनेर नगर्ने बताउँदै उनले धेरै सोचेर नै यो निर्णय लिएको खुलाएकी छन् । उनले भनेकी छन्, ‘कसैले बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । हिन्दु संस्कार अनुसार त झन् ७ जुनीका लागि हुन्छ भनेर गरेको हुन्छ । कसैको आमाबाबुले छोरीको डिभोर्स होस् भन्ने चाहँदैनन् । हामीले सोचेर नै यो निर्णय लिएका हौँ, दुई जना र दुई जनाको परिवारबिच कुरा गरेर ।’ 
उनले यस प्रकरणमा आफ्नो पतिलाई गाली नगर्न पनि आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘आफूले माया गरेको मान्छेलाई कसैले गाली गर्दा आफूले गाली खाएभन्दा बढी पीडा हुँदो रहेछ । मलाई साथ दिनुहोस् तर उहाँलाई नराम्रो नभन्नु होला । बरु मलाई गर्नुहोला । खरानी भएको मान्छेलाई आगोसँग डर हुँ

Advertisement

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...