नेपालगन्जमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
नेपालगन्ज उपमहानगरपालिका–११ स्थित ईदगाह रोडमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भे १० प ४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल शनिबार राति एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा भे १० प ४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका –१० का २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल नर्सिङहोम नेपालगन्जमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार रहेको मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले घटनास्थल पुगेर सो वरिपरिका स्थानीयसँग सोधपुछ गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।































प्रतिक्रिया