Close sidebar

मधुवन महोत्सवमा स्थानीय कलाकारको अपमान

बर्दियाको मधुवनमा आयोजित औद्योगिक व्यापारिक, कृषि, सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ मा स्थानीय कलाकारहरुलाई अपमान गरिएको घटना सार्वजनिक भएको छ।
मधुवन उद्योग वाणिज्य संघ कुसुम्बा बजारको आयोजनामा माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा स्थानीय कलाकारलाई प्रस्तुति दिने क्रममै आयोजकले बीचमै साउण्ड सिस्टम बन्द गरिदिएपछि कलाकारहरु आक्रोशित भएका छन्।

हप्तौं लगाएर तयार पारेको नृत्य देखाउन नपाएपछि एकजना पीडित कलाकारले सामाजिक सञ्जालमा आफ्नो गुनासो पोखेका छन्। उनले लेखेका छन्, “हामी हप्तौं लगाएर सिकेर सभ्य नाच देखाउदा बिचमै गित बन्द गर्न लगाउने, महोत्सव सधै ठेकेदार अनि रङ्गौलीहरूको राज गर्ने थलो रहेछ त्यसैलाई सबैले साथ दिने पनि रहेछन।”
स्थानीय कलाकारलाई प्राथमिकता दिने भने पनि आयोजकले व्यवस्थापन गर्न नसकेको आरोप लागेको छ। महोत्सवमा राष्ट्रिय कलाकारद्धारा दोहरी गितबाट मनोरञ्जन गराउने व्यवस्था गरिएको छ। तर स्थानीय कलाकारलाई भने अपमानित गरिएको छ।
यस घटनाले महोत्सवको व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ। एकातिर मेलामा दर्शकको उपस्थिति कम भएपछि लाखौं खर्च गरेर राखिएको खेलकुद तथा अन्य सामानहरुका स्टल राखेका सञ्चालक पनि चिन्तित छन्। यस्तो उपस्तिथिले आफ्नो लगानी डुब्न सक्ने उनीहरूको आशंका रहेको छ। अर्कोतिर स्थानीय कलाकारहरुलाई अपमानित गरिएको घटनाले महोत्सवको औचित्यमाथि नै प्रश्नचिन्ह खडा गरेको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...