Close sidebar

नेपालगन्जमा युवा नगरसभाको अभ्यास कार्यक्रम सम्पन्न

नेपालगन्जमा ‘सगरमाथा प्रथम नमुना युवा नगरसभा’ अन्तर्गत अभ्यास कार्यक्रम २०८१ भव्य रूपमा सम्पन्न भएको छ। सगरमाथा ई. बोर्डिङ स्कूल प्लस टु नेपालगन्ज १८ बाँकेको आयोजनामा सम्पन्न उक्त कार्यक्रम युवा नेतृत्व विकास, लोकतान्त्रिक प्रक्रिया तथा नगर सभाको संरचना र निर्णय प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमुख गोरख बहादुर थापाले युवाहरूको नेतृत्व विकासका लागि यस्ता अभ्यास कार्यक्रम महत्वपूर्ण हुने बताउँदै नगरपालिकाले पनि यस्ता कार्यक्रमलाई सहयोग र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा बिद्यालयका संस्थापक अध्यक्ष कृष्ण बहादुर जिसीले यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिनु रहेको बताउनुभयो। पुस्तकमै सीमित नभई उनीहरूले समाजलाई बुझ्न र आफ्ना विचार राख्न सकून् भन्ने चाहना समेत रहेको उहाँले बताउनुभयो।
अभ्यास कार्यक्रम अन्तर्गत युवाहरूलाई नगरसभा सञ्चालनको अनुभव दिलाउने गरी कार्यपत्र प्रस्तुति, छलफल, प्रस्ताव पारित गर्ने प्रक्रिया, नीति निर्माणको प्रारम्भिक अभ्यास लगायतका गतिविधि सञ्चालन गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर हुनुपर्ने माग गरेका छन्।
कार्यक्रमको प्रशिक्षण बाल अधिकारकर्मी साहिल अन्सारीले सञ्चालन गर्नुभएको थियो। उहाँले युवा सहभागिता, नेतृत्व विकास, नीति निर्माण प्रक्रिया, निर्णय ग्रहण प्रर्णाली तथा बाल अधिकारको महत्वका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको हो। समाज परिवर्तनको मूल आधार युवा नै हुन्। उनीहरूलाई सही मार्गदर्शन गर्न सकिए मात्र समृद्ध भविष्य सम्भव छ बाल अधिकारकर्मी अन्सारीले भन्नुभयो।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक लगायतको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले नगरसभाको अभ्यास गर्दै लोकतान्त्रिक प्रक्रियाबारे प्रत्यक्ष सिक्ने अवसर पाएका थिए। नगरसभाको अभ्यास कार्यक्रमले विद्यार्थी तथा युवाहरूलाई लोकतान्त्रिक प्रणाली बुझ्न, सामूहिक निर्णय प्रक्रियामा संलग्न हुन र नेतृत्व विकास गर्न मद्दत गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...