Close sidebar

डाक्टर सलमान शेषद्वारा नरैनापुरमा निशुल्क स्वास्थ्य परिक्षण

नेपालगन्ज : नेपालगन्जको जशोदा पोलीक्लिनिकमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

फागुन ३ गते शनिबारको दिन नेपालगन्जको जशोदा पोलीक्लिनिकमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।

Advertisement

कन्सल्टेन्ट फिजिसियन डा. सलमान शेषद्वारा नि:शुल्क स्वास्थ्य चेकअप, नि:शुल्क सुगर जाँच, नि:शुल्क दम जाँच तथा अन्य स्वास्थ्य परीक्षणमा २० प्रतिशत छुट रहेको छ ।

जानकारी तथा नाम दर्ता र परामर्शको लागी जशोदा पोलीक्लिनिकमा सम्पर्क गर्न सकिने पोलीक्लिनिकले जनाएको छ । साथै ९८१४५४९१७३ मा सम्पर्क समेत गर्न सकिने पोलीक्लिनिकले जानकारी दिएको छ ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

उता जशोदा पोलीक्लिनिकले शनिबार बाँकेको बिकट मानिने नरैनापुरको दोन्द्रामा निशुल्क स्वास्थ्य परिक्षण क्याम्पको आयोजना समेत गरेको थियो ।

भेरी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सलमान शेषद्वारा १०० जना बढी नरैनापुरवासीको नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो ।

Advertisement

नेपालगन्जको जशोदा पोलीक्लिनिकको आयोजनामा सम्पन्न नि:शुल्क स्वास्थ्य परिक्षण क्याम्पमा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...