पूर्व खेलाडी समाज बाँकेको अध्यक्षमा प्रकाश बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित
बाँके, नेपाल। पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिति प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको छ। नेपालगन्जमा बुधबार सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो।
वरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्त कुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभय कुमार बस्नेत र कोषाध्यक्षमा बिरेन्द्रमान श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा गोबिन्द प्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोज कुमार श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, आशा बिष्ट र पार्वती थापा क्षेत्री रहेका छन्। निर्वाचन समिति प्रमुख शिव कुमार श्रेष्ठले सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरे।
यसअघि समाजका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र बहादुर हमालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उनले नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरे।
कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक एवम् कृयटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरी, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठले शुभकामना दिएका थिए।
यसैबीच, बुधबार नै बसेको समाजको पहिलो बैठकले साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, वडा नम्बर २ को कार्यालय लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, केही साताभित्रै भलिबल, शारीरिक सुगठन र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।































प्रतिक्रिया