Close sidebar

माल्दिभ्समा समस्या परे नेपाल हेल्पलाइन माल्दिभ्समा सिधै सम्पर्क गर्न सकिने

नेपाल हेल्पलाइन माल्दिभ्सका टिम सक्रिय भुमिका खेल्दै
माल्दिभ्समा समस्यामा परेका नेपालीका लागि नेपाल हेल्पलाइन सक्रिय भुमिका खेल्दै
माल्दिभ्समा समस्या परे नेपाल हेल्पलाइन माल्दिभ्समा सिधै सम्पर्क गर्न सकिने
नेपालगन्ज ः नेपाल हेल्पलाइन माल्दिभ्सका टिम मेम्बरहरू सक्रिय भुमिका खेल्दै आएका छन् । नेपाली नागरिक बाहिर देशमा गएर काम गर्दै आएका र अप्थ्यारामा परेका नेपाली नागरिकका लागि नेपाल हेल्पलाइन माल्दिभ्सले उद्दारका साथ साथै सहयोग प्रदान गर्दै आएको हो । नेपाल जान नसकेका नेपालीहरूलाई नेपाल छिटोभन्दा छिटो जानलाई सहज वातावरण बनाउदै सक्रिय भुमिका खेल्दै आएका छन् । विदेशका कुना कुनामा विभिन्न समस्यामा परेका नेपाली नागरिकलाई उनिहरुले सहयोग प्रदान गर्दै नेपाल जान तथा सहज वातावरण बनाउन सहयोगी भुमिका खेल्दै आएका माल्दिभ्समा कार्यरत नेपाल हेल्पलाइन माल्दिभ्सका टिमले सक्रिय भुमिका खेलेको सहजै बुझन सकिन्छ ।
ग्लोबल ट्राभल्सका संचालक सरोज सापकोटाका अनुसार पहिला माल्दिभ्समा नेपाली, भारतीय लगायतका नागरिकहरुका लागि काम गर्ने एकदमै राम्रो उपयुक्त वातावरण थियो । समस्या भएपनि कम्पनीले तुरुन्त समाधान गर्दै आएको थियो । अहिले पनि राम्रा कम्पनीहरु माल्दिभ्समा छन् तर दलालहरूले गर्दा नेपाली नागरिकलाई नमज्जाले फसाइरहेका छन् । माल्दिभ्स ल्याउने उनिहरुलाई दुःख दिने फर्काइदिने अनि कोटा खाली हुन्छ त्यो कोटामा फेरि अर्को मान्छे ल्याउने फेरि दुःख दिने कार्य भैरहेको छ यसको लागि नेपाल हेल्पलाइन माल्दिभ्स सक्रिय रुपमा हेरिरहेको ट्राभल्सका संचालक सापकोटाले बताउनुभयो ।
सापकोटाका अनुसार सोझासिधा नागरिकलाई फसाउनुमा सबैभन्दा ठूलो हात नेपाली दलालको रहेको छ । अचम्मको कुरा के हो भने एउटा मान्छे फसिसकेपछि अर्को मान्छे ल्याउन नहुने तर फेरि पनि मान्छे फस्दा फस्दै त्यही कम्पनीमा त्यही दलालसँग मान्छे पठाएर फसाइएको कुरा सहजै देख्न र बुझ्न सकिन्छ यसमा हाम्रो टिम कटिवद्ध छ यसलाई सुधार्ने र गहन रुपले लागि यस्ता कार्यमा संलग्नलाई कारवाहीका लागि प्रक्रिया थाल्ने उहाँले बताउनुभयो ।
यस्तै विदेशमा अर्को समस्या के छ भने विदेशी दलालहरूको टार्गेट नेपाली केटीहरू हुन्छन् । पहिला नेपाली केटीहरुलाई माया जालमा पार्ने अनि नेपाली केटीहरूकै माध्यमबाट नेपालमाबाट मान्छेहरु ओपन भिसा भन्दै माल्दिभ्समा बोलाइरहेका छन् । केही नेपाली चेलीहरू र केही नेपाली दलालहरूको कारणले माल्दिभ्स व्यापक रुपमा बदनाम हुँदै गैरहेको छ । माल्दिभ्समा धेरै राम्रा राम्रा कम्पनीहरु पनि छन् । यहाँ विश्वका ठूला ठूला देशबाट काम गर्नको लागि माल्दिभ्स आउने गरेका पनि छन् तर केही नेपालीहरुकै कारणले गर्दा अहिले माल्दिभ्समा आउने राम्रो वातावरण देखिएको छैन । डर छ त्रास छ अब कसलाई विश्वास गर्ने भन्नेसम्म पुगिसकेको छ । यदि केही समस्या भएर तपाईँसँग पासपोर्ट छैन र नेपाल जान पाउनुभएको छैन भने तपाईले डाइरेक्ट नेपाल एम्बेसी कोल्मोमा सम्पर्क राखेर ट्राबल डकुमेन्ट बनाउन सक्नुहुन्छ । यदि त्यसो गर्न गाह्रो छ भने ग्लोबल ट्राभल्समा सम्पर्क गरि सहयोग लिन सकिने नेपाल हेल्पलाइन माल्दिभ्सले जनाएको छ । माल्दिभ्समा केही समस्या वा अप्थ्यारा परेमा नेपाल एम्बेसी वा ग्लोबल ट्राभलको फोन नम्बर ३३१२१० र मोबाइल नम्बर ९८२०२०२ मा सम्पर्क गर्न सकिने टिम संयोजक सापकोटाले जानकारी गराउनुभयो । नेपाल हेल्पलाइन माल्दिभ्स टिममा अहिले माल्दिभ्समा लामो समयदेखि निरन्तर सक्रिय रुपमा कार्यरत ग्लोबल ट्राभल्सका सञ्चालक सरोज सापकोटा, केशव चालिसे, टंकप्रसाद पौडेल, मानबहादुर लिम्बु, दीपक ढकाल, निसल पाण्डे, प्रशान्त थापा, नारायण रावत, हिमाल आचार्य, सुनिता राई, गोपाल सयोङ, सुजिता मोक्टाङ, प्रेम चौधरी, राजकुमार खत्रीलाई जस्तो सुकै समस्या परेको बेला सम्झना सकिने छ ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...