Close sidebar

‘भेरी अस्पतालकाे आईसियुलाई पुर्णक्षमतामा संचालन गर’

नेपालगन्ज । पश्चिम क्षेत्रकाे प्रमुख ‘रेफरल’ स्वास्थ्य निकाय भेरी अस्पतालकाे आईसियुलाई पुर्णक्षमतामा संचालन गर्न नेकपा एमालेले माग गरेकाे छ ।

एमाले बाँके निर्वाचन क्षेत्र नंं. २ ले आईसियुलाई पुर्णक्षमतामा संचालन  गराउनका लागि सराेकारवा निकायकाे ध्यानाकर्षण गराउने भएको हाे । बिरामी चाप ह्वात्तै बढेपनि १५ शैयाकाे आईसियु हाल १० शैयामा सिमित छ ।

Advertisement

“जसले गर्दा बिरामीलाई असाध्यै दुख भएको छ । पश्चिमकाे आशा,भराेसाकाे केन्द्र भएको हुँदा यसलाई पुर्ण क्षमतामा संचालन गरिनुपर्छ भन्ने हाम्रो माग हाे ।’-  एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नंं. २ का ईन्चार्ज पशुपतिदयाल मिश्रले भने । मिश्रका अनुसार के कति कारणले याे पुर्ण क्षमतामा संचालनमा आउन सकेन ? त्यसका बिषयमा अस्पतालसंग जवाफ माग गरिनुका साथै केन्द्रीय निकायसंग समस्या समाधानका लागि पहल गरिनेछ ।

त्यसकाे तयारीका लागि पशुपति दयाल मिश्रकाे संयाेजकत्वमा भाष्कर काफ्ले, मोहित शाह, सरोज चाैधरी   सहितका सदस्य रहने गरि समिति गठन गरिएको छ ।  याे समितिले पुर्ण क्षमताकाे आइसीयु संचालन गर्नका लागि आवश्यक पहल गर्नेछ ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...