Close sidebar

वडाध्यक्षको दादागिरी: ग्राहकमाथी हातपात, महिला कर्मचारीलाई अपशब्द प्रयोग

जनताले चुनेर पठाएका जनप्रतिनिधि नै गुण्डागर्दीमा उत्रिएपछि कोहलपुरमा त्रासको वातावरण सिर्जना भएको छ। जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छिरिङ महतले कोहलपुर न्युरोडस्थित एक रेस्टुरेन्टमा मदिराको मातमा अराजक हर्कत मच्चाएको घटना सार्वजनिक भएको छ।

प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्ष महतले रेस्टुरेन्टमा अर्को टेबलमा बसिरहेका ग्राहकमाथि एक्कासि बियरको बोतल प्रहार गरेका थिए। ग्राहकले कारण सोध्दा उनले अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए। “म वडाध्यक्ष हुँ, कानुन मेरो हातमा छ,” भन्दै उनले ग्राहकलाई तर्साएको पीडितको भनाइ छ। रेस्टुरेन्ट सञ्चालकका अनुसार वडाध्यक्ष महतले महिला कर्मचारीलाई पनि अभद्र गालीगलौज गरेका थिए।

Advertisement

“जनप्रतिनिधि नै यसरी गुण्डागर्दीमा उत्रिएपछि हामी त्रसित भएका छौँ,” रेस्टुरेन्ट सञ्चालकले भने। “प्रहरीले यस घटनाको गम्भीर अनुसन्धान गर्नुपर्छ।”

गोप्य स्रोतका अनुसार वडाध्यक्ष महत यसअघि पनि यस्ता आपराधिक क्रियाकलापमा संलग्न थिए। घटनाको समयमा उनीसँग हतियारसमेत रहेको बताइएको छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कोहलपुरका प्रहरी प्रमुख डीएसपी धर्मराज भण्डारीको कार्यक्षेत्रमै यस्तो घटना हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...