कोहलपुरमा गुण्डागर्दी मौलाउँदै: रावललाई खुडा हान्ने धम्की, स्थानीय त्रसित
निर्माण व्यवसायी तथा सामाजिक अभियन्ता गौरव रावललाई शनिबार मध्यराति अज्ञात नम्बरबाट खुडा हान्ने धम्की आएको छ। रावलले फोनमार्फत धम्की प्राप्त गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई राजनीतिक शक्तिको आडमा धम्की दिइएको दाबी गरेका छन्।
“राजनीतिक पद पावरको आडमा धम्की दिन मिल्छ र खुडा कोलाई हान्ने हो? हलो कोहलपुर मेरो आफ्नो व्यक्तिगत जीवनमा म हो तपाईँ होइन, हेक्का रहोस्। मेरो ज्यान तलमाथि भयो भने यसको जिम्मा कसले लिने? राति १२ बजे फोन गरेर धम्की किन, केका लागि?” रावलले फेसबुकमा लेखेका छन्।
Advertisement
धम्कीको अडियो रेकर्ड रहेको रावलले बताएका छन्। उनले कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको र चाँडै पत्रकार सम्मेलन गरी घटनाको विस्तृत जानकारी दिने बताएका छन्।
रावलले सामाजिक सञ्जालमा लेखेको स्टाटसले कोहलपुरमा त्रासको वातावरण सिर्जना भएको छ। स्थानीय बासिन्दाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।


































प्रतिक्रिया