वडा अध्यक्ष मिनकुमार चौधरीद्वारा विपन्न बालबालिकालाई निशुल्क पोशाक वितरण
राप्ती सोनारी गाउँपालिका वडा नं. ३ ले आफ्नो वडाभित्रका अति गरिब तथा विपन्न वर्गका बालबालिकालाई निशुल्क स्कुल पोशाक वितरण गरेको छ। वडा कार्यालयले सोमबार आयोजना गरेको एक विशेष कार्यक्रममा ५२ जना बालबालिकालाई नयाँ स्कुल पोशाक प्रदान गरेको हो।
यो कार्यक्रम वडा कार्यालयको शिक्षामा पहुँच अभिवृद्धि गर्ने र गरिब बालबालिकालाई विद्यालयमा नियमित गराउने पहलको एक हिस्सा हो। वडा कार्यालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको पहिचान गरी उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मिनकुमार चौधरीले बताउनुभयो।
Advertisement
हामीले उनीहरूलाई शिक्षामा प्रोत्साहन गर्न र विद्यालयमा नियमित उपस्थित हुन प्रेरित गर्न यो सानो सहयोग गरेका हौँ। हाम्रो उद्देश्य कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने हो।” अध्यक्ष चौधरीले बताउनुभयो।
श्री सरस्वती मावि भवानियापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज श्रेष्ठ ले गरिबीका कारण धेरै बालबालिका विद्यालय आउन नसकेको र उनीहरूलाई उत्साहित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । “यो पोशाकले बालबालिकामा नयाँ उत्साह जगाउनेछ र उनीहरूलाई नियमित विद्यालय आउन प्रेरित गर्नेछ।”
Advertisement
वडा अध्यक्ष मिनकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं. ३ अन्तर्गतका चारवटा विद्यालयका ५२ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको थियो। कार्यक्रममा स्थानीय शिक्षक, अभिभावक र समाजसेवीहरूको उपस्थिति रहेको थियो।
यो कार्यक्रमले वडाका गरिब बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्न र उनीहरूको मनोबल बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। वडा कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।






































प्रतिक्रिया