Close sidebar

अगैया घाटको दुर्दशा: स्थानीय सरकारको उदासिनता, स्थानीयको पहलको अपेक्षा

टार्जन वली
बाँके, राप्तीसोनारी गाउँपालिका वडा नं २ स्थित राप्ती नदी किनारको अगैया घाट, जिल्लाकै पुरानो श्मशानघाटहरूमध्ये एक, व्यवस्थापनको अभावमा दुर्गन्धित बन्दै गएको छ। स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारको बेवास्ताका कारण यो घाट दिन प्रतिदिन जीर्ण र दुर्गन्धित हुँदै गएको हो।

शवदाह स्थलको रूपमा रहेको यो घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको छ। स्थानीय बासिन्दाका अनुसार गर्मी मौसममा यो समस्या झनै विकराल बन्ने सम्भावना छ। दैनिक सयौंको संख्यामा घाटमा पुग्ने मानिसहरूले दुर्गन्धका कारण सास्ती भोग्नुपरेको छ।

Advertisement

वर्षेनी राप्ती नदीको कटानले घाट साँघुरिँदै गएको छ, तर स्थानीय सरकारले यसको संरक्षणका लागि कुनै पहल नगरेको स्थानीयको गुनासो छ। हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको र जिल्लाभित्र र बाहिरबाट समेत हजारौं मानिसहरू शवदाहका लागि आउने यो घाटको संरक्षणको दायित्व स्थानीय सरकारले लिनुपर्ने उनीहरूको माग छ।

यद्यपि, अहिलेसम्म कुनै पनि सरकारले घाटको संरक्षण र व्यवस्थापनका लागि पहल नगरेकोमा स्थानीय बासिन्दाले दुःख व्यक्त गरेका छन्। अगैया बजारमा लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका तीर्थराज डाँगीले स्थानीय स्तरबाटै अभियान चलाएर घाटलाई व्यवस्थित गर्ने अठोट व्यक्त गरेका छन्।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...