Close sidebar

लागूऔषध विरुद्ध जाजरकाेट प्रहरीको ‘अप्रेसन’,छ किलाे ‘अफिम’बरामद

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय जाजरकोटले छ किलाेग्राम लागू औषध अफिम सहित साेमवार तीन जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नलगाड नगरपालिका-१० का हरि बाँनिया (चालक), वडा-९ बस्ने बर्ष २३ को सुरेश सिंह र बर्ष ३० को दिपक सिंह रहेका छन् ।
जिप्रका जाजरकोटका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार, लागूऔषध अफिम जस्ताे खैरो र‌ङ्गको अर्थठोस पदार्थ सहित उनीहरु  पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी नायव निरीक्षक शिठ कुमार चौधरीको कमाण्ड खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा रिम्ना बजार स्थित जाजरकोट -डोल्पा सडक खण्डमा नियमित चेकजाँच  गरिरहेकाे थियाे ।

Advertisement

सोही क्रममा क्रममा नलगाड नगरपालिका -१० बस्ने हरि बाँनियाले  तल्लुबगर देखि नेपालगंजसम्मका लागी कर्णाली प्रदेश ०२००१ च. ११४५ नम्बरको रातो प्लेटको डबल क्याप बोलेरो जिप चलाई ल्याइरहेको प्रहरीले देख्याे ।

प्रहरी निरीक्षक डाँगीका अनुसार, चेकजाँच गर्दा सो जिपमा सवार दिपक सिंहको साथमा कालो रङ्ङ्गको सेन्थेटिक झोला भित्र लुकाई छिपाई ल्याएको अवैध लागु औषध (अफिम) जस्तो देखिने खैरो रङ्गको अर्धठोस (गिलो) पदार्थ ३ केजी र नगद अक्षरुपी पच्चिस हजार रुपैयाँ  बरामद भएको थियाे ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सोही  जिपमा सवार  सुरेश सिंहको साथबाट थप ३ केजी गरी जम्मा छ किलाे अफिम बरामद भएको हाे । प्रहरी निरीक्षक डाँगीका अनुसार  ‘लागु औषध (अफिम) जस्तो देखिने खैरो रङ्गको अर्धठोस (गिलो) पदार्थ ६ केजी र सो ल्याउन प्रयोग गरिएको कर्णाली प्रदेश ०२००१ च. ११४५ नम्वरको डबल क्याप बोलेरो जिपलाई रितपुर्बक नियन्त्रणमा लिएको छ ।

‘पक्राउ परेकालाई आजै सम्मानित जाजरकोट जिल्ला अदालत खलंगा जाजरकोटबाट पहिलो पटक दिन ७ (सात) को म्यादथप अनुमति लिई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको छ ।’- प्रहरी निरीक्षक डाँगीले भन्नुभयाे ।

Advertisement

लागु औषध नियन्त्रणमा जाजरकोट प्रहरीको यो ठूलो सफलता हाे । अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार यति ठूलो परिमाणकाे लागू औसधको मूल्य धेरै हुन्छ । प्रहरी निरीक्षक डाँगीले लागू औषध नियन्त्रणसंगै अपराध नियन्त्रण गर्ने प्रहरीको जिम्मेवारीलाई ईमानदारीतापुर्वक लागू गरिएको बताउनुभयो ।

जिप्रका जाजरकाेटले अबैध रुपमा लगाईएको अफिम नष्ट गर्ने अभियान नै चलाएको छ ।  इप्रका रग्दा र प्रहरी चौकि पाँचकटिया जाजरकोटबाट प्रहरी टोली खटी गई विभिन्न स्थानहरूमा अबैध रुपमा लगाईएको १९ रोपनी अफिम  नष्ट गरिएको  छ ।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...