समाज बनाउने दायित्व सबैको हो ः मन्त्री तिमिल्सिेना
लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समाज बनाउने दायित्व सबैको भएको बताएका छन् । हरित प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम सम्वन्धी नेपालगन्जमा सोमवार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले समाज बनाउने दायित्व नविर्सन आग्रह समेत गरे ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा उनले आफ्नो हठ त्यागेर समाज बनाउने अभियानमा लाग्न सुझाव दिए । ‘यहाँ ठूलो बौद्धिक समूह हुनुहुन्छ । सबैलाई मेरो आग्रह छ । हामी सबैले हामीभित्रको हठ र म मात्रै निपूर्ण छु भन्ने भावना त्यागेर समाज बनाउने दायित्व सम्झिन आग्रह गर्दछु ।’
Advertisement
विशेषगरी शिक्षकहरुको सामाजिक दायित्व बढी भएको उनले बताए । ‘शिक्षक भनेको समाजको ऐना हो उनले भने–‘शिक्षकले महिला हिंसा विरुद्ध, बालबालिकालाई विद्यालय ल्याउने सवालमा, किसानलाई असल किसान बनाउने सवालमा, मजदुरलाई सक्षम मजदुर बनाउने सवालमा, व्यवसायीलाई सफल व्यवसायी बनाउने सवालमा मेरो जिम्मेवारी छ । मेरो कतव्र्य हो भन्ने कुरा शिक्षकले बुझ्न आवश्यक छ ।’ उनले शिक्षण सिकाइ र सीपलाईलाई प्रभावकारी गराउन आवश्यक रहेको पनि बताए ।
‘सीप सिकेर मात्रै पनि हुदैन उनले भने–‘त्यसको उपयोगिता र व्यवहारिकता पनि हेर्नु पर्छ । अव सीप सिकेर त्यसको प्रयोग भएन भने उपलब्धी हासिल हुन सक्दैन् । यसतर्फ पनि सबैले ध्यान दिन आवश्यक छ ।’ मन्त्री तिमिल्सिनाले
Advertisement
हरिता शिक्षा प्रबर्धनका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला पक्षलाई आग्रह पनि गरेका थिए । उनले प्राविधिक शिक्षाका माध्यमबाट जलवायुमैत्री वातावरण कायम गर्नका निमित्त त्यस खालका कार्यक्रमलाई प्राथमिकता दिन पनि आग्रह गरे । अभिमुखिकरण सामाजिक विकास मन्त्रालयका उपसचिव विष्णु पन्थीको अध्यक्षतामा भएको हो । उपसचिव पन्थीले हरित शिक्षा, हरित अर्थतन्त्र, हरित उत्पादन प्राथमिकता दिँदै कार्वन उत्सर्जन न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिए । उनले भने–‘दिगो विकास तगा वातावरणीय सचेतनाको अभ्यासलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका सम्पूर्ण प्रक्रियामा आन्तरिकीकरण गर्ने प्रक्रिया हो ।
हरित शिक्षा, हरित अर्थतन्त्र, हरित उत्पादन प्रणाली जस्तै खालको अवधारण हो । विद्यार्थीलाई हरित रोजगारीको प्राप्तिमा सहजीकरण गरी हरित उत्पादन तथा हरित उद्यमशीलता विकासमा सहजीकरण गर्दछ ।’ उनले प्राविधिक शिक्षालाई जलवायुमैत्री बनाउन अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको पनि बताए । प्राविधिक शिक्षा संचालन भएका विद्यालयका प्रअ, शिक्षक, पालिकाका शिक्षा शाखा प्रमुख लगायतलाई अभिमुखीकरण गरिएको पनि उनले बताए ।
Advertisement
कार्यक्रममा प्रदेश सभा सदस्य सुशिला नेपाली र मिना सिद्दिकी, सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख उद्धव श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।






































प्रतिक्रिया