Close sidebar

२२ किलो अफिमसहित बर्दियाबाट दुई पक्राउ

बर्दियाको सुर्खेत–नेपालगन्ज सडकखण्डअन्तर्गत चेपाङमा २२ किलो लागुऔषध (अफिम) सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाणको लागुऔषध फेला परेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जनाकारी दिए।

Advertisement

पक्राउ पर्नेमा जाजरकोट, नलगाड नगरपालिकाका ३७ वर्षीय भक्तबहादुर शाही र चितवन, राप्ती नगरपालिकाका २७ वर्षीय कुमार वाइबा छन्।

प्रहरी नायब उपरीक्षक डमरपालका अनुसार शंकास्पद अवस्थामा देखिएपछि खानतलासी गर्दा भित्री झोलामा पोका बनाएर राखिएको अवस्थामा अफिम फेला परेको थियो। शाहीले मोटरसाइकल चलाएका थिए भने वाइबा पछाडि सवार थिए।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

अदालतबाट म्याद थपको अनुमति लिएर प्रहरीले सोमबार दुवैलाई सार्वजनिक गरेको छ। अनुसन्धान जारी रहेको डमरपालले बताए।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...