Close sidebar

रीतु लावडलाई कोहलपुर नगरपालिकाबाट नगद पुरस्कारसहित सम्मान

कोहलपुर, बाँके – कोहलपुर नगरपालिकाको १२औं स्थापना दिवसका अवसरमा ब्रिज इन्टरनेशनल स्कुलमा अध्ययनरत छात्रा रीतु लावडलाई उत्कृष्ट नतिजा हासिल गरेकोमा सम्मान गरिएको छ।

आ.व. २०८१ मा आयोजित नगरपालिका स्तरीय आधारभूत तहको परीक्षामा रीतुले उत्कृष्ट सफलता प्राप्त गरेकी हुन्।

Advertisement

उनको यस उपलब्धिको कदर गर्दै लुम्बिनी प्रदेशका माननीय शिक्षा मन्त्री श्री जन्मजय तिमिल्सिना, कोहलपुर नगर प्रमुख श्री पूर्ण प्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीको उपस्थितिमा रीतुलाई नगद रू. ८,००० सहित सम्मान–पत्र प्रदान गरिएको हो।

ब्रिज इन्टरनेशनल स्कुल परिवारले रीतुको यस सफलतामा खुसी व्यक्त गर्दै सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभेच्छुक र शिक्षा प्रेमीलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गरेको छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

यो सम्मानले आगामी दिनमा विद्यार्थीहरुमा अझ प्रोत्साहन र प्रेरणा मिल्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...