Close sidebar

मकैको प्वाँख र थाकलबाट हस्तकला सिकाउँदै राप्तीसोनारी

कोहलपुर
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ की कल्पना थारु मकैको पोस्कर (प्वाँख)बाट झोला र टोपी बुन्ने सीप सिक्दैछिन् । खेर गइरहेका पोस्करबाट आम्दानी हुने देखिएपछि उनी धमाधम झोला र टोली बुनाईको सीपमा निखार ल्याउन लागिपरेकी छन् ।

‘हामीलाई त थाहा नै थिएन यति राम्रा सामान बन्छन् उनले भनिन्–‘सीप सिकिरहेका छौ ं। आम्दानी पनि हुन्छ भन्ने विश्वास लिएकी छु ।’ राप्तीसोनारी गाउँपालिका वडा नंं.८ ओभरीकी कल्पना योगी पनि खेर गइरहेका पोस्करबाट टोपी र व्याग बनाउने सीप सिक्न व्यस्त छिन् ।

Advertisement

‘वैशाखको २४ गतेबाट व्याग, झोला र टोपी बनाउने सीप सिकिरहेकी छु उनी भन्छिन्–‘मेडमहरुले कलात्मक ढंगले सीप सिकाइरहनु भएको छ । एक महिनाभित्र सिकिसकिन्छ होला ।’ उनले सीप सिक्न मिहिनत धेरै गर्नु परेको अनुभव सुनाउँछिन् । ‘हुन त पैसा कमाउन मिहिनत गर्नै पर्छ उनी भन्छिन्–‘यसमा अझ धेरै मिहिनत रहिछ । सीप सिकेपछि आयआर्जनका लागि अरुको भर पर्नु पर्दैन झैं लागेको छ ।’ यो सीपले गाउँघरमा यताउता फालेर खेर गएका कच्चा पदार्थबाट टोपी र झोला बनाउन सकिने भएपछि राम्रो आम्दानी हुने आशा लागेको उमा थारुले बताइन् । कहाँ फालौं भन्ने पोस्करको समेत राम्रो मूल्य पार्न सकिने देखेर सीप सिकिरहेको उनले बताइन् ।
‘पोस्कर यसै खेर गएको थियो उनले भनिन्–‘यसबाट उत्पादन गरिएका सामान विक्रिवितरण गर्न सकिए पारिश्रमिक पनि राम्रो रहिछ ।’ उनीहरु जस्तै ६० जना बढीले अहिले मकैको पोस्कर, खोस्टा तथा थाकलबाट विभिन्न हस्तकलाका सामाग्री बनाउने सीप सिकिरहेका छन् । राप्तीसोनारी गाउँपालिकाले कर्मशील जनशक्ति परिचालन गरेर मकैका पोस्कर (प्वाँख)ले झोला र टोपी उत्पादन गर्ने गरी लक्षित वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम सुरु गरेको उपाध्यक्ष मनिषा सिंह थारुले बताइन् ।

‘अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित गाउँपालिकाले मकैका पोस्कर तथा थाकलबाट बनाइने झोला र टोपी उत्पादनका लागि जनशक्ती उत्पादन गरिरहेको छ उनले भनिन्–‘यसले एकातिर आयआर्जनमा टेवा पुर्याउने छ भने अर्कोतर्फ हाम्रा उत्पादनहरु विदेश निर्यात हुँदा पालिकाको पहिचान पनि हुने भयो ।’

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

ओम राजश्री मल्टि एग्रो प्रालिले पालिकासँगको सहकार्यमा सीप सिकाउने काम गर्दै आएको छ । प्रालिले उत्पादन गरेका हस्तकलाका सामाग्री विदेश निर्यातको प्रतिबद्धता जनाएको छ । ‘गाउँघरमा गाईवस्तुलाई खानाका रूपमा दिइने मकैका पोस्कर, जंगलमा पाइने थाकलबाट उपयोगी सामान बनाएर विक्री वितरण गर्ने र त्यसबाट लक्षित वर्गलाई आयआर्जनमा टेवा पुग्ने हाम्रो विश्वास छ उनले भनिन्–‘बजारीकरणका लागि कुनै समस्या नपर्ने गरी योजना बनाएका छौं ।’

तयार भएका झोला र टोपीलगायतका हस्तकलाका सामाग्रीसँगै कच्चा पदार्थ समेत प्रालिले खरिद गरिदिने विश्वास प्राप्त भएको उनले बताइन् । त्यसका लागि गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

Advertisement

आफ्नै बारीमा फलेका मकैका पोस्करबाट मूल्यवान् हस्तकला बन्ने तथा सीप सिक्न पाएपछि उनीहरूलाई अतिरिक्त आम्दानी गर्ने बाटो खुलेको उनले बताइन् । गाईभैंसीलाई घाँस हाल्ने, गाईवस्तुले नखाए खेर फाल्ने, मल बनाउन प्रयोग गरिने मकैका पोस्करबाट टोपी, झोला र ढक्कीजस्ता सामान उत्पादन गर्न सीप सिकाउने र आवश्यक सामग्री पालिकाको सहजीकरणमा प्रालिले खरिद गरिदिने भएपछि राप्तीसोनारीका विशेषगरी लक्षित वर्गमा खुसी थपिएको छ । उक्त तालिममा ६० जना सहभागि छन् ।
लक्षित वर्ग अन्तर्गत कुमाल, वादी, खुना, मुक्त कमैया, मुक्त कमलहरी, अपांगता, द्धन्द्धपीडित, एकल महिला लगायतलाई प्राथमिकतामा राखेर तालिम दिने काम भइरहेको उनले बताइन् ।

गाउँपालिकाका ९ वटै वडालाई लक्षित गरेर ४ ठाउँमा तालिम भइरहेको छ । वडा नं.१ को कुसुममा, वडा नं.२, ८ र ९ को वडा नं.८ को वडा कार्यालयमा, वडा नं.३, ४ र ५ लाई लक्षित गरेर वडा नंं.४ को वडा कार्यालयमा र वडा नं.६ र ७ लाई लक्षित गरेर अपांगता पुनःस्थापना केन्द्रमा तालिम सञ्चालन भइरहेको छ ।

तालिममा ८ जनाले सीप सिकाउने काम गर्दै आएको उपाध्यक्ष थारुले बताइन् । गाउँपालिकाको आयोजनामा तालिमप्राप्त कर्मशील जनशक्तिले तयार पारेका पोस्कर र थाकलका पातबाट बन्ने सामाग्री ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौंले बजारीकरण गर्ने गरी सम्झौता भएको पालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए । राप्तीसोनारीका ९ वटै वडामा तयार भएका सामग्री संकलन गरेर बजारीकरणमा पालिकाले सहयोग गर्ने पनि उनले विश्वास व्यक्त गरे ।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...