Close sidebar

राप्तीसोनारी–६ मा शिक्षा, स्वास्थ्य र सीपमूलक कार्यक्रमलाई प्राथमिकता, समावेशी विकासको प्रतिबद्धता

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा चालू आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र सीपमूलक कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ ।

वडामा शिक्षा क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयमा भौतिक सुधार, छात्रवृत्ति कार्यक्रम, विद्यालयका लागि टेबुल तथा कुर्सी वितरण, बालबालिकाका लागि निःशुल्क साइकिल वितरण तथा विद्यालय मर्मतको काम (मेस जाली, कम्प्युटर लगायत) गरिएको वडा कार्यालयले जनाएको छ ।

Advertisement

स्वास्थ्य सेवाको क्षेत्रमा समेत सक्रियता देखिएको छ । वडा अध्यक्षले जानकारी दिएअनुसार स्वास्थ्य केन्द्रहरूका लागि फ्रिज, कम्प्युटर, डेक्सटप वितरण गरिनुका साथै महिला स्वास्थ्यलाई लक्षित गरी साइकिल वितरण गरिएको छ ।

‘एक घर, एक महिला’ कार्यक्रम, दलितसम्बन्धी विशेष कार्यक्रम, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत र प्रोत्साहन, यौनिक अल्पसंख्यक समुदायका लागि समावेशी कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

गहुँ र धानको बीउ वितरण, गोठ सुधार कार्यक्रम, महिला सीप विकास तालिम, मोटरसाइकल मर्मत तालिम, बेकरी तालिमसमेत वडाले सञ्चालनमा ल्याएको छ ।

त्यस्तै, वडाले भौतिक पूर्वाधार विकासमा सबैभन्दा बढी ध्यान केन्द्रित गरेको देखिन्छ । पक्की तथा ढलान नाली निर्माण, अन्य नाली निर्माण, डिपीआर तयारी, टिनपत्र र झ्यालढोका मर्मत, सामुदायिक भवन निर्माण, विद्यालय भवन निर्माण र मर्मत तथा फुटबल खेल प्रतियोगिता र खेलमैदान निर्माण जस्ता योजनाहरू अगाडि बढाइएका छन् ।

Advertisement

वडा कार्यालयका अनुसार प्रशासनिक कामलाई नियमितता दिइएको छ भने शिक्षा र स्वास्थ्यतर्फका योजनाहरूले शिक्षित र स्वस्थ समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । समाजमा पछाडि पारिएका वर्गहरूलाई समेट्ने सामाजिक समावेशी कार्यक्रममार्फत सामाजिक न्यायको अभ्यास भइरहेको छ । साथै, युवालाई रोजगारीमुखी बनाउने उद्देश्यले सीपमूलक तालिम र खेलकुदका कार्यक्रमहरू सञ्चालनमा ल्याइएका छन् ।

राप्तीसोनारी–६ मा विकास योजनाहरू केवल संरचना निर्माणमा सीमित छैनन्‌–यी योजनाहरूले आत्मबल बढाएका छन्, सम्भावना देखाएका छन् र गाउँको अनुहार मात्र होइन, चेतनासमेत फेरिदिएका छन् । यही हो साँचो स्थानीय विकास–जहाँ बाटो, पानी र स्वास्थ्य सबैले मिलेर भविष्यको बिउ रोप्छ ।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...