Close sidebar

बैजनाथ गाउँपालिकाका विभिन्न स्थानमा सिसि क्यामरा जडान, सुरक्षामा सहयोगको अपेक्षा

गाउँपालिकाले स्थानीय सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले सडक, बजार क्षेत्र र प्रहरी बिटमा सिसि टिभी क्यामरा जडान गरेको छ।
यस कार्यक्रम अन्तर्गत बैजनाथ–६ सम्झना बजार, गडरहीस्थित गाउँपालिका प्रवेशद्वार, बैजनाथ–५ जिगाउँ बजार, बैजनाथ–४ बानियाबार बजार र बैजनाथ–१ चिसापानी बजारमा सिसि टिभी जडान गरिएको हो।
स्थानीय सरकारको यो पहलले दुर्घटना नियन्त्रण, चोरी तथा आपराधिक गतिविधिहरूको निगरानीमा उल्लेखनीय सहयोग गर्ने अपेक्षा गरिएको छ।
बैजनाथ–५ जिगाउँमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले अग्रज व्यवसायी गुमान दमाई, बैजनाथ उद्योग वाणिज्य संघका महासचिव कुमार गिरी लगायत स्थानीय व्यापारिहरुलाई सिसि क्यामरा सम्बन्धी सामाग्री हस्तान्तरण गर्नुभएको थियो।
सुरक्षा सुदृढीकरणको यो अभियानप्रति स्थानीय व्यापारी तथा नागरिकहरूले गाउँपालिका प्रमुख तथा उप–प्रमुखप्रति धन्यवाद व्यक्त गरेका छन्।
गाउँपालिकाले आगामी दिनमा अन्य जोखिमयुक्त क्षेत्रहरूमा पनि सिसि क्यामरा विस्तार गर्ने योजना बनाएको जनाइएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...