Close sidebar

बाँकेमै लटरम्म फल्यो ‘रुद्राक्ष’, तराईमै सम्भव भयो व्यवसायिक खेती!

कोहलपुर (बाँके) — बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित ‘भरैया फार्मस्टे’मा रुद्राक्ष खेती फस्टाएको छ। यहाँ तीन वर्षदेखि दुई दर्जनभन्दा बढी बोटमा रुद्राक्ष फल्दै आएका छन्। ती सबै बोटले उत्पादन दिन थालेपछि स्थानीयस्तरमै व्यवसायिक खेतीको सम्भावना देखिएको छ।

समुद्री सतहदेखि ८०० देखि १००० मिटरको उचाइमा राम्रो उत्पादन दिने रुद्राक्षका बोट तराईमा फल्न थालेपछि यसले पहाडी क्षेत्रमा सीमित भनिएको खेती तराईतिर पनि सम्भव रहेको पुष्टि गरेको छ। नेपाली, संस्कृत र हिन्दी तीनै भाषामा रुद्राक्ष भनेर चिनिने यो फलको बोट, काठ र दाना सबै बहुपयोगी छन्।

Advertisement

एकै बोटमा विभिन्न मुख (रेखाहरु) भएका रुद्राक्ष फल्ने गरेका छन्। ती रेखालाई मुख भनिन्छ र मुखको संख्याका आधारमा तिनको वर्गीकरण गरिन्छ। सामान्यतया १ देखि १४ मुखेसम्मका रुद्राक्ष प्रचुर मात्रामा पाइन्छन् भने नेपालमा १ देखि ३८ मुखेसम्मका रुद्राक्ष फलेको एक अध्ययनले देखाएको छ।

रुद्राक्षको मूल्य मुख, आकार र गुणस्तरअनुसार फरक हुने गर्छ। २१ वा सोभन्दा बढी मुख भएका र दुर्लभ रुद्राक्षको मूल्य प्रतिगोटा २० लाख रुपैयाँभन्दा बढी पर्ने बताइन्छ। त्यस्तै २४–२५ मिमि भन्दा ठूलो गोल आकारका रुद्राक्ष प्रतिगोटा रु. १०० भन्दा बढीमा बिक्री हुन्छन्। गोलो, थेप्चो, चिल्लो र खंदिलो जातका दानाहरु प्रति केजी ४००० रुपैयाँभन्दा बढीमा बजारमा बिक्ने गरेका छन्।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

रुद्राक्ष खेतीबाट अहिले नेपालका केही किसान तथा विशेषगरी युवा वर्गले राम्रो आम्दानी गर्न सफल भएका छन्। एक वयस्क रुद्राक्षको बोटबाट वार्षिक करिब ३०० केजीसम्म उत्पादन हुने देखिएको छ। यसले व्यावसायिक सम्भावनालाई अझ स्पष्ट बनाएको छ।

औषधीय गुणले भरिएको रुद्राक्ष पानी पेटको रोग, मधुमेह, रक्तचाप र पुराना घाउ निको पार्न उपयोगी मानिन्छ। राम्ररी पाकेको, सफा र गहकिलो दाना घोटेर बनाइएको लेपले मानिस तथा चौपाया पशुहरुको घाउ, खटिरा, खुर कुहिने, खुट्टाको संक्रमणलगायतमा प्रयोग गर्दा असरकारक हुने जनविश्वास छ।

Advertisement

कोहलपुरमा देखिएको यो सफल अभ्यासले रुद्राक्षको सम्भाव्यता मात्र होइन, युवा पुस्तालाई रोजगारी र आयआर्जनमा आकर्षित गर्ने एउटा नयाँ बाटो समेत देखाएको छ। यदि कृषि प्रविधि, प्रशिक्षण र बजारको सहज पहुँच उपलब्ध गराइयो भने बाँकेजस्ता तराई क्षेत्रलाई पनि रुद्राक्ष खेतीको गन्तव्य बनाउने सम्भावना छ।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...