Close sidebar

बाँकेका कृषक आकाश हेर्दै दिन बिताउँदै

कोहलपुर ,टार्जन वली
लगातारको खडेरी र पर्याप्त वर्षा नहुनुका कारण बाँके जिल्लाका धानबालीहरु जोखिममा परेका छन्। समयमै वर्षा नभएकोले खेतमा रोपिएका धानहरु सुक्न थालेका छन् भने धेरै स्थानमा अझै रोपाइँ सुरु गर्नसमेत नसकिएको स्थानीय कृषकहरु बताउँछन्।

जिल्लाको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले केही हदसम्म राहत दिएको भए पनि अधिकांश क्षेत्र अझै पनि आकाशे पानीकै भरमा निर्भर छन्। विशेषगरी नरैनापुर, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकाका किसानहरुले समयमै वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासो गरेका छन्।

Advertisement

कृषि ज्ञान केन्द्र बाँके का प्रमुख बिनोद घिमिरेका अनुसार बाँके जिल्लामा अझै पनि पर्याप्त वर्षा नहुनु गम्भीर समस्या हो। “साउनको पहिलो सातासम्म आइपुग्दा पनि धेरै क्षेत्रका किसानहरुले रोपाइँ गर्न पाएका छैनन्।

जुन स्थानमा रोपाइँ भएको छ, त्यहाँ पनि पानी नहुँदा धानबाली सुक्न थालेको छ,” उहाँले भन्नुभयो।
कोहलपुर ४ का स्थानीय बद्री विशाल थारुले यस वर्ष ४५ कट्ठा जमिनमा धान खेती गर्नुभएको छ। तर साउन सुरु भइसके पनि वर्षा नहुँदा खेत सुक्दै गएको र उत्पादन घट्ने चिन्ताले सताएको उहाँको भनाइ छ। “केही अलि पानीको जोहो गरेर रोपियो, तर खेतका गह्रा भरिने गरी पानी नपर्दा अब धानबाली सुकेर जान थालेको छ। खेत चिराचिरा परेको छ,” थारुले गुनासो गर्नुभयो।
बाँकेमा वर्षा नहुनुको असर प्रत्यक्ष रूपमा खेतमा देखिएको छ। रोपाइँ भएको खेतमा पानीको अभावले गह्राहरु चिराचिरा फाटेका छन्, धुलो उड्न थालेको छ। खाल्टा-खुल्टीमा जमेको पानी र केही ठाउँमा बोरिङ्गको सहयोगमा रोपाइँ गरिएको भए पनि त्यसले दीर्घकालीन समाधान दिन सकेको छैन।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

यद्यपि बाँके जस्तो जिल्ला, जहाँ सिचाइको ठूला आयोजना कार्यान्वयनमा छन्, त्यहाँ पनि अधिकांश कृषक आकाशे पानीमा निर्भर हुनु परेको अवस्था चिन्ताजनक हो। नेपाललाई जलश्रोतमा धनी देश मानिए पनि व्यवहारमा किसानका खेतमा पानी नपुग्नु नीति र कार्यान्वयनको कमजोरी संकेत गर्छ।

धान रोप्ने मुख्य सिजन मानिने असार र साउन महिनामा पर्याप्त वर्षा नभएपछि न केवल बाँके, तर समग्र तराईका जिल्लाहरुमा यो समस्या देखिएको छ। यो अवस्था दीर्घकालीन रूपमा हेर्दा खाद्य सुरक्षामै असर पार्न सक्ने सम्भावना रहेको कृषि विज्ञहरूको बताउछन ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...