Close sidebar

नेपालगन्ज क्याम्पसले १२औं वार्षिकोत्सवमा ३५ लाखको छात्रवृत्ति सार्वजनिक

गणेशमान चोकस्थित नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT) ले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा यस वर्ष करिब ३५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ। यस योजनाबाट BSc.CSIT र BCA तहका गरी २४ विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने भएका छन्।

क्याम्पसका एकेडेमिक को–अर्डिनेटर अंकित श्रीवास्तवका अनुसार, २ विद्यार्थीलाई १०० प्रतिशत, २ जनालाई ७५ प्रतिशत, २ जनालाई ५० प्रतिशत र ६ जनालाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ। उनका अनुसार यो छात्रवृत्ति कार्यक्रम सामाजिक उत्तरदायित्वअन्तर्गत अघि सारिएको हो।

Advertisement

क्याम्पस प्रमुख निशान्त राज शाक्यले छात्रवृत्ति वितरण प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धात्मक हुने उल्लेख गर्दै चयनमा त्रिभुवन विश्वविद्यालय प्रवेश परीक्षा (४०%), क्याम्पसले सञ्चालन गर्ने छात्रवृत्ति परीक्षा (४०%), महिला उम्मेदवारलाई प्रोत्साहन (१०%) र आर्थिक रूपमा विपन्न/जेहेन्दार विद्यार्थीलाई (१०%) वेटेज दिइने बताए।

सञ्चालक सदस्य वृजेश वैश्यले नेपालगन्जमै बसेर अन्तर्राष्ट्रिय स्तरको BSc.CSIT र BCA अध्ययन गर्ने सहज वातावरण बनेको दाबी गर्दै, “यो छात्रवृत्ति योजनाले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई आईटी शिक्षा हासिल गर्न टेवा पुर्‍याउने मात्र नभई विदेशतर्फ जाने प्रवृत्तिमा समेत केही कमी ल्याउने अपेक्षा गरिएको छ,” भने।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...