Close sidebar

सदिक्षा, सचिना र झरनाको सफलता: किस्टोनमै भर्ना हुन विद्यार्थीलाई अपिल

कोहलपुर — बाँकेको कोहलपुर–११, एनटिभी रोडस्थित कोहलपुर मोडेल कलेजअन्तर्गत सञ्चालित किस्टोन म्यानेजमेन्ट कलेज (KMC) का विद्यार्थीहरूले सुदूरपश्चिम विश्वविद्यालयद्वारा सञ्चालन गरिएको बीबीए पहिलो सेमेस्टर कार्यक्रमको परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका छन्।
हालै सार्वजनिक नतिजाअनुसार, कलेजकी छात्रा सदिक्षा भट्टराईले ३.८२ GPA सहित युनिभर्सिटी टप्पर भएकी छिन । त्यस्तै, सचिना कार्कीले ३.७६ GPA प्राप्त गर्दै विश्वविद्यालयमा दोस्रो स्थान (सेकेन्ड टपर) हासिल गर्न सफल भइन् भने झरना केसीले ३.७० GPA ल्याउँदै तेस्रो स्थान (थर्ड टपर) हासिल गरेकी छन्। यी तीनैजना छात्रा यही कलेजकी हुन्।
सोमबार किस्टोन म्यानेजमेन्ट कलेजले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई एक विशेष सम्मान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बोल्दै कलेजका सञ्चालक संजीव बाबु पंगेनीले विद्यार्थीहरूको मेहनत र सफलताप्रति बधाई ज्ञापन गर्दै कलेजले शिक्षणमा अपनाएको विद्यार्थीमैत्री वातावरण र अनुभवी शिक्षकहरूको योगदानले यस्तो नतिजा सम्भव भएको बताए।
नतिजामा उत्कृष्टता देखाएका छात्राहरूले पनि आफ्ना अनुभव बाँडे। प्रथम स्थान हासिल गरेकी सदिक्षा भट्टराईले “केएमसी छनोट गर्दा कुनै पछुतो छैन, कलेजको वातावरण र शिक्षण शैली नै यस सफलतामा मुख्य कारण हो,” भन्दै नयाँ १२ उत्तीर्ण विद्यार्थीहरूलाई क्याम्पसमा भर्ना हुन अपिल गरिन्। त्यस्तै, सचिना कार्की र झरना केसीले बीबीएपछि बैंकिङ क्षेत्रमा करियर बनाउन चाहेको बताउँदै विश्वविद्यालयमै टप गर्न पाउनु आफ्ना लागि प्रेरणादायी भएको उल्लेख गरे।
हाल किस्टोन म्यानेजमेन्ट कलेजले भर्ना खुला गरेको छ। कलेजले सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन प्राप्त BBA कार्यक्रम सञ्चालन गर्दै आएको छ, जहाँ अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्ने दाबी गरिएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...