Close sidebar

कोहलपुरमा तीजको अवसर पारेर पत्रकार–विद्यार्थीसँग स्नेह–मिलन, कन्सल्टेन्सी नियमनको माग

कोहलपुर (बाँके) — हरितालिका तीजको अवसरमा प्रसिद्ध अब्रोड स्टडी कन्सल्टेन्सी, कोहलपुर–११ ले शुक्रबार पत्रकार तथा विद्यार्थीहरूसँग विशेष स्नेह–मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शुभकामना आदानप्रदानसँगै वैदेशिक शिक्षा परामर्श क्षेत्रमा देखिएका अव्यवस्थाबारे गम्भीर छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख वक्ता तथा कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर एस.बी. बुढाले कोहलपुर नगरपालिका र सम्बन्धित निकायलाई तत्काल प्रभावकारी अनुगमन बढाउन आग्रह गरे। उनले भने, “नगरपालिकाले शिक्षा हबको रुपमा परिचित कोहलपुरलाई अझ व्यवस्थित बनाउन कानुनी व्यवस्था र नियमित अनुगमनलाई प्राथमिकता दिनुपर्छ। अनुमति विना सञ्चालन, मनपरी शुल्क असुली र विद्यार्थी–अभिभावकलाई ठगी गर्ने प्रवृत्तिलाई रोक्न नसक्दा ठूलो समस्या बढ्दै गएको छ।”
उनका अनुसार शिक्षा मन्त्रालयले शुल्कको सीमा तोके पनि कोहलपुरमा अधिकांश कन्सल्टेन्सी र भाषा कक्षाले तोकिएको भन्दा बढी शुल्क असुली गरिरहेका छन्। “भिसा ल्याइदिने प्रलोभनदेखि नियम विपरीत प्रचारसम्म खुलेआम भइरहेको छ, तर स्थानीय सरकार नियमनमा मौन छ,” बुढाले टिप्पणी गरे।
कार्यक्रममा सहभागी पत्रकार र विद्यार्थीहरूले पनि वैदेशिक शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित बनाउन तत्काल नीति निर्माण र अनुगमन प्रणाली कडाइका साथ लागु गर्नुपर्नेमा जोड दिए।
दशकदेखि वैदेशिक शिक्षा परामर्श र भाषा कक्षा सञ्चालन गर्दै आएको प्रसिद्ध अब्रोड स्टडी कन्सल्टेन्सीले आयोजना गरेको यस कार्यक्रममा विभिन्न सञ्चारकर्मी, विद्यार्थी तथा सरोकारवालाको सहभागिता थियो। तीजको सन्दर्भ पारेर गरिएको कार्यक्रममा शुभकामना आदानप्रदानसँगै सुझाव तथा आलोचना आदानप्रदान गरिएको आयोजकले जानकारी दिएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...