Close sidebar

नेपालगञ्जमा अल्फाबिटाद्वारा Multi-City Admissions Day आयोजना हुँदै

नेपालगञ्ज – अल्फाबिटा नेपालगञ्जले अन्तर्राष्ट्रिय शिक्षा अवसरबारे विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष जानकारी दिन Multi-City Admissions Day कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम नेपालगञ्जको होटल सिटी प्यालेसमा भदौ ८ गते (आइतबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
अल्फाबिटा नेपालगञ्जका सञ्चालक विजय भण्डारीले पत्रकारहरूसँगको अन्तरक्रियामा बताउनुभयो कि, “३४ वर्षको अनुभवसहित हामीले १८ देशका ५०० भन्दा बढी शैक्षिक संस्थाहरूको प्रतिनिधित्व गर्दै आएका छौँ। नेपालका १० शाखामार्फत अहिलेसम्म १० हजारभन्दा बढी विद्यार्थीलाई टेस्ट तयारी, व्यक्तिगत परामर्श र विश्वव्यापी साझेदारीतर्फ मार्गदर्शन गरिसकेका छौँ।”
कार्यक्रममा अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका र जर्मनीका करिब २५ प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्। विद्यार्थीहरूले यी प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै छात्रवृत्ति, प्रवेश प्रक्रिया र भविष्यका अध्ययन तथा करिअर अवसरबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।
सहभागी विद्यार्थीहरूलाई IELTS र PTE तयारी कक्षामा विशेष छुटका साथै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने अवसर पनि दिइनेछ। साथै, नेपालगञ्जका केही ‘A Class Commercial Bank’ पनि उपस्थित हुने भएकाले विद्यार्थी र अभिभावकहरूले शैक्षिक ऋण (Educational Loan) सम्बन्धी जानकारी प्रत्यक्ष लिन सक्नेछन्।
अल्फाबिटाले विद्यार्थीहरूलाई मात्र नभई उनीहरूको अभिभावकलाई समेत कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ। भण्डारीका अनुसार, यसरी विद्यार्थी र अभिभावक दुबैले प्रत्यक्ष जानकारी प्राप्त गरेपछि विदेशमा अध्ययन तथा भविष्यको करिअर निर्माण सम्बन्धी निर्णय अझ सजिलो र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...