Close sidebar

राष्ट्रिय युवा संघ बाँकेद्वारा ११३ जना युवाको एमाले प्रवेश, १५ जना सम्मानित

कोहलपुर , टार्जन वली
राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला कमिटीको आयोजनामा सम्मान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय १५ जना युवाहरूलाई विशेष सम्मान गरिएको छ भने भरत शाही, विनोद कठायत र सौरभ पंक्तिको नेतृत्वमा ११३ जना युवाहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
कार्यक्रम राष्ट्रिय युवा संघ बाँकेका संयोजक रमेश मिजारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाँके इञ्चार्ज शान्ति ढकाल प्रमुख अतिथि रहनु भएको थियो। उहाँले युवाहरू नै देशको आशा, विश्वास र सम्भावनाको स्रोत भएको बताउँदै “सुखी नेपाली, समृद्ध नेपाल” निर्माणमा युवाको भूमिका अपरिहार्य छ भन्ने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, नेकपा एमाले बाँके जिल्ला कमिटी अध्यक्ष निरक गुरुङ, जिल्ला कमिटी सदस्य तथा युवा विभाग इञ्चार्ज राजु तामाङ लगायतका नेताहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा सम्मानित हुनेहरूमा —
१) सन्दीप बानिया
२) मनोज बिक
३) लक्ष्मी बुढा
४) मुना कुमारी बिसी
५) भगवती भण्डारी
६) सुमन घिमिरे
७) वर्षा मल्ल
८) साक्षी शर्मा
९) हेमन्त भट्टराई
१०) राजकुमार योगी
११) भुपाल शर्मा
१२) खेमराज शर्मा
१३) उमेश शाही
१४) राजु तामाङ
१५) विपेन्द्र लामा (कालू)
लगायतका युवा नेता एवं कार्यकर्ताहरू रहेका छन्।
पार्टी प्रवेश गरेका ११३ जना युवाहरूलाई नेता तथा उपस्थित कार्यकर्ताहरूले हार्दिक शुभकामना र बधाई व्यक्त गरेका थिए। कार्यक्रममा वक्ताहरूले बाँकेको पहिचानलाई राष्ट्रिय स्तरमा उचाल्न तथा युवालाई संगठित बनाएर मुलुक निर्माणमा सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए।
राष्ट्रिय युवा संघ बाँकेले यसअघि पनि जिल्लाबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका पदाधिकारी र सदस्यहरूलाई सम्मान गर्दै आएको छ। यस पटकको कार्यक्रमलाई बाँकेका नेता, कार्यकर्ता र युवाहरूको सक्रिय सहभागिताले ऐतिहासिक बनाएको आयोजक समितिले जनाएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...