चेतनशिल सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
सल्यान – बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसीको अवसर पारेर सल्यानको कुमाख गाउँपालिका–७ सानि जिमालीस्थित चेतनशिल सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
ग्रिन नेपाल मल्टिपर्पोज प्रालिको आयोजनामा सम्पन्न सो कार्यक्रम माओवादी केन्द्र कुमाख गाउँ कमिटीका सचिव अखबर बोहाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र सल्यानले उपलब्ध गराएको बिरुवा रोपिएको थियो।
कार्यक्रमको अध्यक्षता चेतनशिल सामुदायिक वनका अध्यक्ष प्रेम बहादुर भण्डारीले गरेका थिए भने स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष खिम डीसीले जानकारी दिएका छन्।
Advertisement
समुदायलाई वातावरणीय संरक्षणमा सहभागी गराउने र हरियाली बढाउँदै वन क्षेत्रको दिगो व्यवस्थापनमा योगदान पु¥याउने उद्देश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको आयोजकहरूले बताएका छन्।


































प्रतिक्रिया