Close sidebar

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै राेकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने भेदभाव अन्त्य हुन नसकेकाे भन्दै  सराेकारवाला निकायका अगुवाले चिन्ता प्रकट गरेका छन्  । लामाे समयदेखि त्यसक्षेत्रमा काम गर्दा पनि एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने विभेद नराेकिनु चिन्ताकाे बिषय भएको उहाँहरुको भनाइ छ ।

रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले बिहीबार नेपालगन्जमा आयोजना गरेकाे कार्यक्रम बाेल्दै सहभागीले  सरकारी सेवा सुविधा लिदा समेत बिभेदकाे सिकार हुनुपर्ने परिस्थिति रहेकाे सुनाए ।
रिकभरिङ नेपालकाे लुम्बिनी प्रदेश फाेकल पर्सन  प्रविण बिसीले बिगतकाे भन्दा एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसनी माथि हुने विभेदमा कमी आएको भएपनि निर्मुल हुन नसकेकाे बताए । उनले सामाजिक बिभेद अन्त्यकाे आवश्यकता औल्याउँदै त्यसका लागि रिकभरिङ नेपालले सबै सराेकारवालासंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

Advertisement

चेन्ज टिमका टिम लिडर ईन्दिरा जिसीले एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसनका हकमा हुने विभेदकाे सबैले सामना गर्नुपर्ने बताइन । ‘यि कुराहरु राेग हुन र उपचार गरेर अरु जस्तै ठिक हुन्छ भन्ने कुरा समाजले बुझ्नुपर्छ’- जिसीले भनिनन् ।

रिकभरिङ नेपाल लुम्बिनी प्रदेश महासचिव यशाेदा ज्ञवालीले सामुहिक प्रयासबाट मात्रै भेदभाव अन्त्य हुने बताउँदै त्यसमा लागि सक्रिय भएर लाग्न आग्रह गरिन ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कार्यक्रममा स्वास्थ कार्यालय बाँकेका रविन्द्र शाह,पत्रकार,सुरक्षाकर्मी तथा सराेकारवाला निकायका अगुवाको सहभागी रहेको थिए ।

रिकभरिङ नेपालले लागू औषध दुर्व्यसनको क्षेत्रमा काम गर्दै आएको छ, देशभर नशा प्रभावित समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने अग्रणी संस्था हो। यस संस्थाले पुनर्स्थापन केन्द्रहरूको सञ्जाल, पीयर सपोर्ट कार्यक्रम, अस्पतालमा सेवा सुधार, तथा नीति निर्माण तहमा समेत वकालत (योगदान) दिँदै आएको छ।

Advertisement

संस्थाले नेपालका दुर्गम जिल्लादेखि शहरी केन्द्रसम्म लागू औषध प्रभावित युवाहरूलाई पुनःजीवन दिनेमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसका कारण यसको कार्यप्रति सरकारको चासो र उच्च मूल्यांकन रहँदै आएको हो।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...