Close sidebar

अनेरास्ववियुमा नेतृत्व शून्यता : अनुशासन आयोगले एकता र जिम्मेवारीको आह्वान

संगठनको नाम दुरुपयोग र आपसी आरोप–प्रत्यारोप रोक्न कडा चेतावनी
बाँके , कात्तिक २६ —
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अनुशासन आयोगले संगठन हाल नेतृत्वविहीन अवस्थाबाट गुज्रिरहेको भन्दै सम्पूर्ण जिम्मेवार सदस्यहरूलाई संगठनात्मक उत्तरदायित्व निर्वाह गर्न गम्भीर बन्न आह्वान गरेको छ।

आयोगका अध्यक्ष सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा हाल अनेरास्ववियुका नाममा विभिन्न समूह र पक्षहरूबाट संगठनको आधिकारिक लेटरप्याड, नाम र सामाजिक सञ्जालको दुरुपयोग भइरहेको उल्लेख गरिएको छ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, “पछिल्ला दिनमा अनेरास्ववियुको नाममा भ्रम फैलाउने, आरोप–प्रत्यारोप गर्ने र संगठनको छविलाई कमजोर पार्ने गतिविधि भइरहेको देखिन्छ। यस्तो गैर–संगठनात्मक र गैर–राजनीतिक क्रियाकलाप तत्काल रोक्न हामी कडा शब्दमा आग्रह गर्दछौं।”

अनुशासन आयोगले संगठन अहिले नेतृत्व अभावको अवस्थामा भए पनि अनेरास्ववियुका आदर्श, सिद्धान्त र मूल्य–मान्यतामा अडिग रहँदै अघि बढ्नु आजको प्रमुख आवश्यकता रहेको जनाएको छ। आयोगले सबै कार्यकर्ताहरूलाई पार्टी र संगठनका निर्णयलाई सर्वोपरि मान्न, आपसी मनमुटाव र विभाजनकारी सोचबाट टाढा रहन, तथा संगठनको विधान, नीति र अनुशासनअनुसार आचरण गर्न आग्रह गरेको छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

“अनेरास्ववियु कुनै व्यक्तिगत स्वार्थको नाम होइन, यो शिक्षा र संघर्षको साझा यात्रा हो,” विज्ञप्तिमा भनिएको छ। “संगठनको अस्तित्व र गरिमा हामी सबैको सामूहिक प्रतिबद्धता र अनुशासनमा निर्भर छ।”

आयोगले संगठनभित्रको एकता, मित्रता र सहकार्य सुदृढ गर्न सबै सदस्यहरूलाई सचेत भूमिका खेल्न समेत आग्रह गरेको छ। साथै, वर्तमान परिस्थितिमा अनुशासन आयोग संगठनभित्र अनुशासन, एकता र संस्कार कायम गर्न निरन्तर प्रतिबद्ध रहेको स्पष्ट गरेको छ।
(स्रोत: अनेरास्ववियु केन्द्रीय अनुशासन आयोगको विज्ञप्ति)

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...