६ वटा ज्यान मार्ने उद्योगमा संलग्न सरोज विक्रम बिष्ट (समीर) नेपालगन्जबाट समातिए
बाँकेमा खुकुरी प्रहार गरी फरार भएका एक व्यक्ति सात महिनापछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा समिर भनिने सरोज विक्रम बिष्ट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले मंगलबार नेपालगञ्जबाट पक्राउ गरेको हो ।
Advertisement
विष्टसहित तीन जनाको समूहले १५ चैत २०८१ मा एक युकरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरी फरार भएका राप्तीसोनारी गाउँपालिका-२ का बिष्टमाथि ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको बाँकेका एसपी अंगुर जिसीले बताए ।
पक्राउ परेका बिष्टविरुद्ध यसअघि ६ वटा कसुरमा मुद्दा चलेको भेटिएको छ ।
६ असार २०७६ मा इलाका प्रहरी कार्यालय कोहलपुरबाट ज्यान मार्ने उद्योगको कसुर, कोहलपुरबाटै २ माघ २०७६ मा सार्वजनिक सम्पत्ति तोडफोडको कसुरमा मुद्दा चलेको थियो ।२ साउन २०७७ मा जिल्ला प्रहरी कार्यालउ बाँकेबाट ज्यान मार्ने उद्योगको कसुर, ७ माघ २०७७ मा अर्को ज्यान मार्ने उद्योगको कसुर, २० चैत २०८० मा ज्यान मार्ने उद्योगको कसुर र २८ असार २०८१ मा बाँकेबाटै ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको भेटिएको छ ।
































प्रतिक्रिया