Close sidebar

बर्दियामा नेचर गाइड तालिम सम्पन्न

लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विकास परिषद्द्वारा सञ्चालित ७ दिने नेचर गाइड तालिम बर्दियामा सम्पन्न भएको छ ।

कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालन गरिएको तालिममा विभिन्न जिल्लाबाट आएका ४० जना सहभागीको उत्साहजनक उपस्थिति रहेको परिषद्ले जनाएको छ ।
प्रदेशभित्र वातावरणमैत्री पर्यटन प्रवद्र्धन, प्रशिक्षित जनशक्ति उत्पादन र स्थानीय तहमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले गरिएको तालिममा प्रकृति संरक्षण, जैविक विविधता, जिम्मेवार पर्यटन, पर्यटकलाई सुरक्षित तथा प्रभावकारी गाइडिङ गर्ने तरिका, पक्षी–वन्यजन्तु पहिचान, स्थानीय संस्कृति तथा प्राथमिक उपचारसम्बन्धी सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिइएको थियो ।

Advertisement

समापन समारोहमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेशमा प्राकृतिक पर्यटनको अपार सम्भावना रहेको भन्दै प्रशिक्षित नेचर गाइडले पर्यटक संख्या वृद्धि र पर्यटन गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘यस्ता कार्यक्रमले स्थानीय तहमै रोजगारी बढाउने तथा प्रदेशको प्राकृतिक धरोहर संरक्षणमा टेवा पुर्‍याउनेछ,’ उनले भने । मन्त्री न्यौपानेले भविष्यमा अझ विस्तारित तथा उन्नत तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्य, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार राम, नेचर गाइड एशोसिएसन बर्दियाका अध्यक्ष कृष्ण बहादुर शाह र पक्षीविद तथा सिनियर नेचर गाइड राम बहादुर शाहीले प्राकृतिक पर्यटन प्रवद्र्धन र सक्षम जनशक्ति विकास सम्बन्धी आफ्ना धारणा राखेका थिए ।

Advertisement

समापन कार्यक्रम पर्यटन विकास परिषद्का अधिकृत जनक राज खनालको अध्यक्षता तथा मन्त्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमको सञ्चालन पर्यटन विकास परिषद्का अधिकृत शंकर पौडेलले गरेका थिए ।

Advertisement

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...