Close sidebar

श्री भुवर भवानी तथा वागेश्वरी मन्दिर मेलाका लागि ठेक्का आह्वान

बाँके । श्री भुवर भवानी तथा वागेश्वरी मन्दिर संरक्षण, सम्बर्द्धन समिति, राप्ती सोनारी गाउँपालिका–३, बाँकेले प्रत्येक वर्ष सञ्चालन हुँदै आएको धार्मिक मेला–२०८२ का लागि विभिन्न सेवा तथा व्यवस्थापन सम्बन्धी ठेक्का आह्वान गरेको छ।
समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै मेला अवधिभर सञ्चालन हुने टेन्ट, होटल, नास्ता, पार्किङ, झुला, पानी, सुरक्षा लगायतका सेवा ठेक्कामार्फत व्यवस्थापन गरिने जनाएको हो। सूचना अनुसार ठेक्का अवधि २०८२ पुस ३० गतेदेखि माघ ३ गतेसम्म रहनेछ।
ठेक्का सम्बन्धी मुख्य सर्तहरू
ठेक्का फाराम समितिको कार्यालयबाट रु. १,००० तिरी प्राप्त गर्न सकिनेछ।
ठेक्का फाराम २०८२ पुस १४ गते कार्यालय समयभित्र पेश गर्नुपर्नेछ।
ठेक्का स्वीकृत भएपछि कबोल अंकको ५० प्रतिशत रकम धरौटी समितिको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
ठेक्का रकम न्यूनतम दर तोकिएको छ,
अन्य व्यवस्था
मेलामा मोटरसाइकल, अटो, कार लगायत सवारी साधनका लागि छुट्टाछुट्टै पार्किङ शुल्क निर्धारण गरिएको छ। सरकारी सवारी साधनले परिचय पत्र देखाएमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
सम्पर्क
ठेक्का सम्बन्धी थप जानकारीका लागि
अध्यक्ष: ९८६८६९७९३७
सचिव: ९८४८२३९७०७
समितिले मेलालाई मर्यादित, व्यवस्थित तथा धार्मिक वातावरणमा सम्पन्न गर्न सबै इच्छुक व्यवसायी तथा सेवाप्रदायकहरूलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।

Advertisement

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...