Close sidebar

नेपालगन्जमा शीतलहर सुरु, जनजीवन प्रभावित

शीतलहर सुरु भएपछि नेपालगन्जमा मङ्गलबारबाट चिसो बढेको छ। मंङ्गलबारदेखि शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको हो।

चिसो बढ्दै जाँदा बालबालिका र वृद्धवृद्धाहरू बिरामी हुनेक्रम पनि बढेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्।

Advertisement

शीतलहर चलेर चिसो बढ्न थालेपछि जिल्लाका सबै पालिकालाई शीतलहरमा सर्वसाधारणलाई जोगाउने उपाय अपनाउन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो।

उहाँले चिसो तथा शीतलहरका कारण जोखिममा पर्नसक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि विभिन्न कदम चलाउन स्थानीय तहलाई आग्रह गरिएको बताउनुभयो।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले चिसो सुरु भएदेखि नै भेरी अस्पतालमा चिसोको कारण हुने समस्या लिएर बिरामी आउन थालेको बताउनुभयो। उहाँले रुघाखोकी, ज्वरो, निमोनिया र पखाला जस्ता रोगले ग्रस्त बनाएपछि बालबालिका अस्पताल पुगेका छन्। चिसो बढेसँगै नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा बिरामीको चाप बढेको अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले जानकारी दिनुभयो।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...