Close sidebar

नेपालगञ्जको ट्राफिक व्यवस्थापनमा समर्पित : सई आचार्य सम्मानित

नेपालगञ्ज, बाँके – नेपालगञ्जको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन अहोरात्र खटिएका ट्राफिक पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) प्रविण आचार्य सम्मानित भएका छन्। सुरक्षित यात्रा नेपालले आयोजना गरेको एक विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

सई आचार्यले नेपालगञ्जको ट्राफिक व्यवस्थापनमा देखाएको लगनशीलता, दुर्घटना न्यूनीकरणमा खेलेको भूमिका र सुरक्षित तथा मर्यादित यात्राका लागि गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेले बताए। “सई आचार्यले बाँकेमा रहेर ट्राफिक व्यवस्थापनमा देखाएको सक्रियता र समर्पण अनुकरणीय छ,” उनले भने, “उनको भूमिकाले सुरक्षित यात्राको प्रत्याभूति दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।”

Advertisement

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीले सई आचार्यलाई सम्मानपत्र प्रदान गरे। डिआइजी कार्कीले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने प्रहरी प्रधान कार्यालयको नीति रहेको र यसले थप हौसला प्रदान गर्ने बताए। “यो सम्मानले सई आचार्यलाई अझ बढी जिम्मेवार र उत्प्रेरित बनाउनेछ,” उनले भने।

सम्मान ग्रहणपश्चात् सई आचार्यले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले बाँकेको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। “यो सम्मानले मलाई थप ऊर्जा मिलेको छ,” उनले भने, “बाँकेको ट्राफिक व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन म निरन्तर लागिरहनेछु।”

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सई आचार्यको नेतृत्वमा ट्राफिक पोष्ट नेपालगञ्जले ट्राफिक नियमको कडाइका साथ पालना गराउनुका साथै जनचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिएको छ। उनको सक्रियताले नेपालगञ्जको ट्राफिक व्यवस्थापनमा सकारात्मक परिवर्तन देखिएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...