Close sidebar

सुत्केरी तथा गर्भवती महिलालाई राप्ती सोनारी–३ द्वारा पौष्टिक आहार वितरण

बाँके, राप्ती सोनारी — बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ ले वडाभित्र रहेका सुत्केरी र गर्भवती महिलालाई लक्षित गरी पौष्टिक आहार तथा राहत सामग्री वितरण गरेको छ।

सोमबार वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा वडाध्यक्ष मीन कुमार चौधरीको अगुवाइमा ७५ जना सुत्केरी तथा गर्भवती महिलालाई चामल, तेल, झुल, अण्डा, हर्लिक्स, आइरन चक्की तथा न्यानो कपडासहितको राहत प्रदान गरिएको हो।

Advertisement

कार्यक्रम वडाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो।

वितरण कार्यक्रममा वडा अध्यक्षसहित जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको टोलीले सहभागी भई महिलाहरूको स्वास्थ्य परीक्षण पनि गरेका थिए।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

अध्यक्ष चौधरीले मातृ तथा शिशु स्वास्थ्यप्रति वडाको विशेष ध्यान रहेको उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

स्वास्थ्य सचेतना अभिवृद्धि र पोषणको प्रवर्द्धनका लागि यस्तो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...