Close sidebar

बैजनाथ गाउँपालिकालाई जनमैत्री बन्न एमालेको ध्यानाकर्षण

नेपालगन्ज । बैजनाथ गाउँपालिकाले सन्ताेषजनक काम नगरेकाे भन्दै नेकपा एमाले वैजनाथ गाउँपालिका कमिटीले पालिका अध्यक्ष प्रकाश बहादुर शाहलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ ।

एमाले पालिका कमिटी अध्यक्ष मनबहादुर खत्रीले बुझाएको ज्ञापनपत्रमा  बर्तमान गाउँकार्यपालिका (स्थानीय सरकार) गठन भएको लामो भएको भए पनि सन्तोषजनक काम नभएको उल्लेख्य छ ।

Advertisement

बहुमतको सरकार हुदाहुदै पनि जनताको आशा भरोसा र आबस्यकता अनुसार सेवा प्रवाह र विकासको गतिमा सन्तोषजनक प्रगति नदेखिएको जन गुनासो व्यापकरुपमा सुनिएको ज्ञापनपत्रमा भनिएको छ । ‘ यस सन्दर्भमा हाम्रो पार्टी नेकपा (एमाले) को गम्भिर ध्यानाकर्षण भएको छ । त्यसैले तपसिलका बुदाहरुमा तत्काल सुधार र कार्यान्यनका लागि वैजनाथ स्थानीय सरकारको गम्भिर ध्यानाकर्षण गराउदछौ ।’ – खत्रीले भने ।

एमालेले स्थानीय सरकार सबैको अभिभावक हो र कुनै दल विशेषको मात्र होईन भन्ने अनुभुति दिन सक्नुपर्ने माग गरेकाे छ ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

त्यस्तै भुमीहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको स्थायी समाधानका लागि बैजनाथ गाउपालिका भित्र बिगतका आयोगले गरेका कामहरु लाई निरन्तरता दिदै तत्काल सुकुम्बासी समस्या समाधान आयोगले गर्ने कार्य यथासिय अगाडी बढाउनु पर्ने उल्लेख छ ।
भुमिकाे नाप नक्सा वर्गिकरण तथा भू-उपयोग नीतिको पालना गरी व्यबस्थित भूमीको उपयोग प्रणाली सहित बैजनाथ गाउपालिका अन्तरगत सबै वडाहरुमा वडास्तरिय सहजिकरण समिति बनाइ काम अगाडी बढाउनु पर्ने उल्लेख गरेका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रम एमाले नेता पुर्व मन्त्री दलबहादुर सुनार,पुर्व पालिका अध्यक्ष तथा एमाले पालिका कमिटी ईन्चार्ज मानबहादुर रुचाल लगायतकाे सहभागीता थियोे ।

जिल्ला कमिटी सदस्य माधव रिजाल, उपाध्यक्ष एकता शाह, सचिव नन्द ढकाल, सहसचिव मेघबहादुर सुनार, पदमा राेकाय, जिल्ला कमिटी सल्लाहकार भद्र बहादुर बस्नेत, छ नम्बर वडा कमिटी अध्यक्ष दिल बिश्वकर्मा लगायतका नेताहरु सहभागी छन् ।

Advertisement

सम्बन्धित खवर

‘यो मेरो वडा होइन’ भनेनन् ज्ञानेन्द्रले, रुख ढलेर बन्द भएको बाटो आफ्नै खर्चमा खुलाए

जनप्रतिनिधिको परिचय पद, कुर्सी र कार्यालयको सीमाभित्र मात्र खोजिँदैन।...

सरकारलाई पर्खिएनन् उमेश, आफ्नै खल्तीबाट सडकको खाल्डा पुरे

कोहलपुर । सडकका खाल्डाखुल्डीले सर्वसाधारणलाई सास्ती दिइरहँदा कोहलपुरका एक...

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...