Close sidebar

महिनावारी सचेतनाका लागि खजुरामा बिशेष कार्यक्रम

नेपालगन्ज । महिनावारीमैत्री समाजका लागि खजुरा गाउँपालिकाले महिनावारी स्वच्छता दिवसकाे अवसरमा बुधबार सडक नाटक तथा सचेतिकरण कार्यक्रम आयोजना गरेकाे छ ।

स्वास्थ्य शाखाले वडा ६ स्थित पुरैनाकाे जनसेवा माविमा आयोजना गरेकाे कार्यक्रममा नेपालगन्जस्थित वेष्टर्न हस्पिटल नर्सिङ कलेजका तेस्रो बर्षका नर्स अध्ययनरत छात्राहरुले सडक नाटक प्रदर्शन गरेका थिए ।

Advertisement

महिनावारीका समस्या र त्यसका बिषयमा छात्राहरुलाई सचेत र सजग बनाउन सडक नाटक प्रभावकारी भएको स्वास्थ शाखा प्रमुख लक्ष्मी केसीले बताउनुभयो । उहाँले सडक नाटककाे माध्यमबाट छात्राहरुलाई महिनावारी स्वच्छताका बिषयमा जागरुकता पैदा भएको उल्लेख गर्नुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफान, उपाध्यक्ष मन्जु मल्ल,प्रवक्ता धनराम ओलीले महिनावारीका बिषयमा रहेका भ्रममा नपर्न र आफ्नो स्वास्थ्यकाे विशेष ख्याल गर्न आग्रह गर्नुभयाे । उहाँहरुले छात्राहरुको स्वास्थ्यका सवालमा पालिका गम्भीर रहेकाे बताउँनुभयाे । पालिका अध्यक्ष तुफानले सामाजिक बिभेदकै परिणाम महिलाहरुले कुनै बेला महिला माथि चरम अन्याय भएको बताउँदै अहिले त्यस्ताे अवस्था नभएको उल्लेख गर्नुभयाे ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कार्यक्रमकाे खजुरा गाउँपालिका सामाजिक विकास समितिका संयाेजक कृष्णा कुमारी पाेखरेलकाे अध्यक्षतामा भएको थियाे भने कार्यक्रममा जनसेवा माविका प्रअ टंक दाहाल, पव्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठ सहित जनप्रतिनिधि,स्वास्थ्यकर्मी शिक्षक शिक्षिका,विद्यार्थी,महिला स्वंयसेविका,अभिभावक लगायतको सहभागीता रहेकाे थियाे ।

यसैबीच स्वास्थ्य शाखाकै आयोजनामा याैन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम संचालन गरिएको छ ।

Advertisement

सम्बन्धित खवर

‘यो मेरो वडा होइन’ भनेनन् ज्ञानेन्द्रले, रुख ढलेर बन्द भएको बाटो आफ्नै खर्चमा खुलाए

जनप्रतिनिधिको परिचय पद, कुर्सी र कार्यालयको सीमाभित्र मात्र खोजिँदैन।...

सरकारलाई पर्खिएनन् उमेश, आफ्नै खल्तीबाट सडकको खाल्डा पुरे

कोहलपुर । सडकका खाल्डाखुल्डीले सर्वसाधारणलाई सास्ती दिइरहँदा कोहलपुरका एक...

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...