बर्षाको पानी निकास नहुँदा समस्या
नेपालगन्ज उपमहानगर पालिका वडा नं. ६ राप्ति रोड उत्तर तर्फ क्रिस्टल स्कुल पछाडी वर्षाको पानी निकास नहुँदा स्थानीवासीले शास्ती व्यहोर्नु परेको छ ।
स्थानीयवासीहरुले उपमहानगरपालिकाका मेयर,वडा अध्यक्ष,सदस्यहरु सहितलाई पटक पटक जानकारी गराउँदा पनि समस्या समाधानका लागि कसैले चासो दिएका छैनन् ।
स्थानीयवासीहरुले जन प्रितिनिधिहरु र स्थानीय प्रशासनलाई बर्षाको पानीको निकास र नाला व्यवस्थापनका लागि अनुरोध गरेको भएपनि कहीं कतैबाट सुनुवाई नभएको गुणासो गरेका छन् ।
Advertisement
बर्षाको पानी जम्मा भएर घर-घरजाने बाटो डुब्न थाले पछी त्यस टोलका बासि चिन्झित बनेका छन् । उपमहानगरपालिका वडा नं. ६ राप्ति रोड उत्तर तर्फको पानी मुला नालाको निकास नपाउँदा डुबानको समस्या आएको छ।


































प्रतिक्रिया