Close sidebar

नयाँ कार्यसमिति र व्यवस्थापन समिति निर्वाचित, पदाधिकारीलाई सम्मान तथा प्रमाणपत्र वितरण कोहलपुर, बाँके – कोहलपुर–११ स्थित ज्ञान बहुमुखी क्याम्पसको २०८२ साल पुस २७ गते सम्पन्न १७औं साधारण सभाबाट निर्वाचित क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति र व्यवस्थापन समिति सर्वसम्मत बाट […]

दोस्रो दिन विविध शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आकर्षणको केन्द्र कोहलपुर, बाँके — कोहलपुर नगरपालिका–२ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको रजत महोत्सव (Silver Jubilee) दोस्रो दिन पनि भव्यताका साथ सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त महोत्सवमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधि, अभिभावक, पूर्व […]

टार्जन वली सरल स्वभाव, खरो बोली र विकासमुखी कामका कारण परिचित ध्रुवकुमार शाही नेपाली राजनीतिमा “बोल्नेभन्दा गर्ने नेता” का रूपमा चिनिन्छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भइसकेका शाही नेकपा एमालेका प्रभावशाली नेता हुन्। हाल एमाले कर्णाली प्रदेश कमिटीका सचिवसमेत रहेका उनी यही क्षेत्रबाट तेस्रो पटक चुनावी मैदानमा छन्। राजनीतिक यात्रामा उतार–चढाव […]

राप्तीसोनारी, बाँके । “थोरै बजेट भए पनि जनताले महसुस गर्ने गरी काम गरिरहेका छौँ,” राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मिनकुमार थारुको यो भनाइ अहिले वडाभर देखिएका गतिविधिले पुष्टि गरिरहेका छन्। चालु आर्थिक वर्षमा प्राप्त करिब ९५ लाख रुपैयाँको बजेट वडा ३ मा कागजमै सीमित नभई सडक, विद्यालय, सामाजिक सुरक्षा, महिला उद्यम, कृषि र पूर्वाधार विकासका काममार्फत […]

बाँके । श्री भुवर भवानी तथा वागेश्वरी मन्दिर संरक्षण, सम्बर्द्धन समिति, राप्ती सोनारी गाउँपालिका–३, बाँकेले प्रत्येक वर्ष सञ्चालन हुँदै आएको धार्मिक मेला–२०८२ का लागि विभिन्न सेवा तथा व्यवस्थापन सम्बन्धी ठेक्का आह्वान गरेको छ। समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै मेला अवधिभर सञ्चालन हुने टेन्ट, होटल, नास्ता, पार्किङ, झुला, पानी, सुरक्षा लगायतका सेवा ठेक्कामार्फत व्यवस्थापन गरिने जनाएको […]

राप्तीसोनारी गाउँपालिकामा खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित ‘प्रथम सृजना कप नकआउट फुटबल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। श्री सृजना युवा स्पोर्ट्स क्लब, राप्तीसोनारी–५ को आयोजनामा प्राकृतिक स्रोत तथा वन्यजन्तु संरक्षण भन्ने मूल नारासहित प्रतियोगिता सञ्चालन हुन लागेको हो। आयोजक क्लबद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रतियोगिताको टिम दर्ता अन्तिम मिति २०८२ पौष २२ गते […]

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । प्लेअफअन्तर्गत आज पहिलो क्‍वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न […]

कोहलपुर नगरपालिका–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माण गरिएको अत्याधुनिक शवदाह गृहको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ। शवदाह गृह निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुखदेखि स्थानीयवासी, दाता तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो। १३ महिनामा निर्माण सम्पन्न, अब नगरपालिकाले सञ्चालन गर्ने करिब १३ महिनामा निर्माण सम्पन्न भएको यो शवदाह गृह […]

नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका […]

नेपालगन्ज :  लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय र प्रयाेगकर्तालाई समाजमा पुनःस्थापन गर्नुपर्नेमा छलफल भएको छ । तर बिक्रेता जाेगिने प्रयाेगकर्ता ‘फस्ने’ अवस्था सिर्जना भएको छ । शनिबार नेपालगन्जमा रिकभरिङ नेपाल लुम्बिनी प्रदेश समितिले सराेकारवालाबीच दुर्व्यसनी र फाैजदारी मुद्दा र दण्डका बिकल्पहरु सम्बन्धि छलफलमा सराेकारवाला पक्षले यस्ताे बिषयकाे उठान गरेका थिए । उनीहरुले लागुऔषधका […]