राप्तीसोनारी गाउँपालिका–३ बैँसामा थारु सांस्कृतिक ग्राम अन्तर्गत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क निर्माणको शिलान्यास गरिएको छ। नेपाल सरकारको विशेष अनुदानमा सो पार्कको शिलान्यास गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आइतबार एक कार्यक्रमका बीच गरेका हुन्। पार्कको निर्माण कार्य पर्यटन डिभिजन कार्यालय कोहलपुरको ठेक्कामा ओसियन कन्ट्रक्सन कोहलपुरले गरिरहेको छ। एक करोड २५ लाख रुपैयाँ कुल लागतमा निर्माण गरिने […]
बाँकेका आठ स्थानीय तह मध्ये खजुरा गाउँपालिका सबै भन्दा कम बेरुजु ’देखिएको छ । गत बर्ष २०८०/०८१ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा बाँकेको ८ स्थानीय तहमा खजुरा गाउँपालिका सबैभन्दा कम १.५० प्रतिशत कोहलपुर नगरपालिकाकाे १.६६ प्रतिशत राप्तीसोनारी गाउँपालिकाकाे२.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाकाे२.२९ प्रतिशत डुडुवा गाउँ पालिकाकाे २.७२ प्रतिशत जानकी गाउँपालिकाकाे २.८६ प्रतिशत नरैनापुर गाउँपालिकाकाे ३.०२ प्रतिशत […]
बाँके — बाँकेको राप्ती सोनारी गाउँपालिकामा महिलाहरू मकैको पोस्कर (खोस्टा) प्रयोग गरी टोपी र झोला निर्माणमा लागेका छन्। गाउँपालिकाले सञ्चालन गरेको ३० दिने सीपमूलक तालिमका माध्यमबाट उनीहरू स्वरोजगार बन्ने दिशामा अघि बढिरहेका छन्। तालिम गाउँपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा सञ्चालन भइरहेको छ। तालिममा वडा नम्बर ३, ४ र ५ का २० जना महिलाको […]
कोहलपुर, बाँके – कोहलपुर नगरपालिकाको १२औं स्थापना दिवसका अवसरमा ब्रिज इन्टरनेशनल स्कुलमा अध्ययनरत छात्रा रीतु लावडलाई उत्कृष्ट नतिजा हासिल गरेकोमा सम्मान गरिएको छ। आ.व. २०८१ मा आयोजित नगरपालिका स्तरीय आधारभूत तहको परीक्षामा रीतुले उत्कृष्ट सफलता प्राप्त गरेकी हुन्। उनको यस उपलब्धिको कदर गर्दै लुम्बिनी प्रदेशका माननीय शिक्षा मन्त्री श्री जन्मजय तिमिल्सिना, कोहलपुर नगर प्रमुख श्री […]
बाँके – नेकपा एमाले बाँकेका उप-सचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख किशोर थापाले नेपालगन्जको जमुनाहा नाका क्षेत्रलाई पर्यटकमैत्री बनाउनका लागि विभिन्न सम्बन्धित कार्यालयहरूको निरीक्षण तथा सरोकारवालासँग भेटघाट गरेका छन्। थापाले नेपालगन्जस्थित भन्सार र अध्यागमन कार्यालय पुगेर सेवाप्रवाहको अवस्था बुझ्दै ती कार्यालयमा सुधार आवश्यक रहेको बताए। उनले नाका भएर आउने भारतीय पर्यटकहरूको संख्यामा वृद्धि गर्नका लागि […]
बाँके, राप्ती सोनारी — बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ ले वडाभित्र रहेका सुत्केरी र गर्भवती महिलालाई लक्षित गरी पौष्टिक आहार तथा राहत सामग्री वितरण गरेको छ। सोमबार वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा वडाध्यक्ष मीन कुमार चौधरीको अगुवाइमा ७५ जना सुत्केरी तथा गर्भवती महिलालाई चामल, तेल, झुल, अण्डा, हर्लिक्स, आइरन चक्की तथा न्यानो […]
बर्दियाको सुर्खेत–नेपालगन्ज सडकखण्डअन्तर्गत चेपाङमा २२ किलो लागुऔषध (अफिम) सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाणको लागुऔषध फेला परेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जनाकारी दिए। पक्राउ पर्नेमा जाजरकोट, नलगाड नगरपालिकाका ३७ वर्षीय भक्तबहादुर शाही र चितवन, राप्ती नगरपालिकाका २७ वर्षीय कुमार वाइबा छन्। प्रहरी नायब उपरीक्षक डमरपालका […]
लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समाज बनाउने दायित्व सबैको भएको बताएका छन् । हरित प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम सम्वन्धी नेपालगन्जमा सोमवार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले समाज बनाउने दायित्व नविर्सन आग्रह समेत गरे । सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा उनले आफ्नो हठ त्यागेर समाज बनाउने अभियानमा लाग्न सुझाव दिए […]
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय जाजरकोटले छ किलाेग्राम लागू औषध अफिम सहित साेमवार तीन जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नलगाड नगरपालिका-१० का हरि बाँनिया (चालक), वडा-९ बस्ने बर्ष २३ को सुरेश सिंह र बर्ष ३० को दिपक सिंह रहेका छन् । जिप्रका जाजरकोटका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार, लागूऔषध अफिम […]
बाँके — इलाका प्रहरी कार्यालय कोहलपुरले प्रहरी नायव उपरीक्षक (DSP) धर्मराज भण्डारीलाई विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ। भण्डारीको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरो (CIB), महाराजगञ्ज, काठमाडौंमा सरुवा भएपछि कार्यालयले उनको सम्मानमा बिदाइ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा प्रहरी अधिकृतहरू, कार्यालयका कर्मचारीहरू तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै DSP भण्डारीले कोहलपुरमा बिताएको कार्यकाललाई […]











