Close sidebar

नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो […]

नेपालगन्ज  :  बाँकेको खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएकोछ । आईतबार एक समारोहकाबीच गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले गाउँसभाको शुरुवात गरेका थिए । ‘हामी आफै बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने मूल नाराका साथ खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको हो । गाउँसभामा विभिन्न वडा कार्यालयहरुको योजना कार्यक्रम, विषयगत शाखा, वडाका […]

पुष ९ गतेदेखि कोहोलपुरस्थित न्युरोडको खुल्ला मैदानमा जारी महोत्सवमा भोलि ज्योति मगर आउने आयोजकले जानकारी दिएको छ। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुत भइरहेको छ। र साथमा स्थानीय कलाकारहरूको प्रतिभा प्रस्तुत गरिरहेको आयोजकले जानकारी दिएको छ। आदिवासी जनजाति सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव […]

बाँके का किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ […]

मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा सन् २०२४ मा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका ७७७ वटा निवेदन परेका छन् । मङ्गलबार नेपालगन्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले हराएका मध्य ४०७ जना फेला परेको जानकारी दिनुभयो । माइती नेपाल नेपालगञ्जका कार्यक्रम […]

नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ स्थित जेष्ठ नागरिक क्लवले क्लवमा आवद्ध आजीवन सदस्यहरुलाई सम्मान गरेको छ । क्लवका अध्यक्ष रामकृष्ण ठाकुरको अध्यक्षतामा मंगलवार भएको कार्यक्रममा ६० वर्षदेखि ८८ वर्षसम्मका २० जना आजिवन सदस्यहरुलाई सम्मानित गरिएको क्लवका कोषाध्यक्ष खड्क बहादुर गोसाइले जानकारी दिए । क्लवमा २० महिलासहित ५० जना आवद्ध रहेको पनि उनले बताए । दुई तीन […]

बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

जाडो मौसममा सबैलाई घाममा बस्न मनपर्छ । घाम ताप्दा शरीरको थकान हट्छ । काम गर्ने ऊर्जा पनि घामबाट प्राप्त हुन्छ, किनकि घाम भिटामिन–डी लिने सबैभन्दा राम्रो माध्यम हो । तर, घाममा तपाईं जाडोमा बस्नुहोस् वा गर्मीमा आफ्नो आँखा र अनुहारलाई घामबाट जोगाउनुपर्छ । किनकि धेरै बेरसम्म घाममा बस्दा आँखामा समस्या हुनसक्छ र अनुहारको छाला पनि […]

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले कार्यकक्षभित्रै आफैँमाथि गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका २१ वर्षीय न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए । ‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ […]

नेकपा (एमाले) बाँकेले नेपालगन्ज मेडिकल कलेजले सेवाग्राहीबाट ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्क घटाउन माग गरेको छ। नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अस्पताल व्यवस्थापनले विभिन्न सेवामा ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ। शुल्क तत्काल घटाउन माग गरेको छ। साथै […]