नेपालगन्ज । नेकपा एमाले बाँकेले जनवर्गीय संगठनसंग ‘रिपोर्ट कार्ड’ मागेकाे छ । जनसंगठनका गतिविधि क्रियाशिल बनाउन अनिवार्यरुपमा प्रतिवेदन लिखितरुपमै मागिएको जनसंगठन समन्वय संयन्त्र बिभाग प्रमुख किशाेर थापाले बताउनुभयाे । एमालेमा २३ वटा जनसंगठनहरु छन् । त्यसकाे परिचालन जनसंगठन समन्वय संयन्त्र बिभाग विभागले गर्ने गर्छ । त्यसकाे प्रमुखमा उपसचिव थापाले जिम्मेवारी सम्हालेसंगै जनसंगठनका गतिविधि सक्रिय बनाइएको छ […]
नेपालगन्ज : भुमि आयोग दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्ति भएका छन् । भूमि समस्या समाधान आयोगले पूर्णता पाए संगै सात जिल्ला बाहेक ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिएका हुन् । जस अन्तरगत दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्त भएका हुन् । बस्नेत नेकपा […]
बाँकेको राप्तीसोनारी गाउँपालिकाको १६ औं गाउँसभा आइतवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुरुप निर्माण गरिएका करिव एक दर्जन कार्यविधि, ऐन तथा मापदण्ड पारित गरेको गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले जानकारी दिए । उनका अनुसार ८ वटा कार्यविधि, १ वटा नीति, १ वटा […]
नेपालगन्ज : क्यान महासंघ बाँके शाखाले “क्यान इन्फोटेक २०२५ को आयोजना गर्ने भएको छ । नेपालगंज उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि माघ २२ गते सम्म नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ को आयोजना हुने भएको हो । प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ आयोजना गर्नको लागी क्यान महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य […]
नेपालगन्ज । नेकपा एमाले बाँके क्षेत्र नम्बर १ ले संगठन विस्तारलाई तिब्रता दिएको छ । टाेल-टाेलमा नयाँ कमिटी गठनदेखि प्रशिक्षण कार्यकार्यक्रम नियमित भइरहेकाे क्षेत्रीय अध्यक्ष कुश्माखर बस्यालले जानकारी दिनुभयाे । ‘हामीले लगभग धेरैवटा वडामा टाेल कमिटी गठन गरिसकेका छाै,केही वडामा गर्दैछाै ।’ अध्यक्ष बस्यालले भन्नुभयो,-‘ मंसिर १ मा तीस वडामा एकैपटक प्रशिक्षण गरेका थियौं ।’ […]
नेपालगन्ज । नेकपा एमाले बाँकेले टाेल-टाेलमा संगठन बिस्तारलाई तिब्रता दिएको छ । २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनकाे तयारी स्वरुप पार्टीलाई बलियाे बनाउन टाेल कमिटी गठनलाई प्राथमिकतामा राखेकाे अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयाे । ‘टाेल कमिटी मार्फत सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी एमालेमा जाेड्ने काम गरिरहेका छाैं’ अध्यक्ष गुरुङले भन्नुभयो,-‘त्यसले संगठनलाई मजबुत बनाउने काम गर्ने छ […]
नेपालगन्ज २६ पुष ः बाँकेको खजुरामा सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ शुरु भएकोछ । पालिका तहमा खेलकुदको ‘महाकुम्भ’ भनेर परिचित अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि शुरु भएको हो । खजुरा गाउँपालिका वडा नम्बर–२ के गाउँ स्थित शुक्र भलिबल स्टेडियम सितापुरमा एक भब्य समारोहका बीच उक्त प्रतियोगिताको उद्घाटन गरिएकोछ । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन ।
प्रेस सेन्टर नेपाल बाँके शाखाको अध्यक्षमा चन्द्र बोहोरा सर्वसम्मत चयन भएका छन् । नेपालगन्जमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट चन्द्र बोहोरा सहित सबै कार्यासमिती सर्वसम्मत भएका हुन् । प्रेस सेन्टर नेपालको सातौं जिल्ला अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा केपी घिमिरे, उपाध्यक्ष महिलामा सिता वली, सचिवमा पुष्पराज हमाल, सहसचिवमा सन्तोष विष्ट, सहसचिवमा अनिता बिक र कोषाध्यक्षमा विवेक रेग्मी चयन […]
शीतलहर र अत्यधिक चिसो बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । विगत केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधवारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको कोहलपुर नगरपालिका मेयर पूर्ण आचार्यले बताउनुभयो । उहॉले कोहलपुरको मुख्य चौराह, साझाचोक, हाइस्कुल, पिपरी, […]











