Close sidebar

कोहलपुर – “क्याम्पसमा पढाउने मात्र होइन, सडकमा न्याय खोज्दै हिँड्नुपर्ने स्थिति आएको छ,” एक प्राध्यापकको मनछुने भनाइ हो यो। सायद, यो भनाइले आजको मध्यपश्चिम विश्वविद्यालयको अवस्था सुक्ष्म ढंगले वर्णन गर्छ। एक समय शैक्षिक समृद्धिको प्रतीक मानिएको यो विश्वविद्यालय आज प्राध्यापक र कर्मचारीहरूको आन्दोलनको केन्द्रविन्दु बनेको छ। मागहरू पुराना जस्तै लागे पनि पीडा ताजा छ – […]

“यो जिम्मेवारी सम्मान पनि हो, चुनौती पनि। अब संगठनलाई थप अनुशासित, सशक्त र विद्यार्थीको पक्षमा बोल्ने बनाउने हाम्रो पहिलो लक्ष्य हो।” – अनेरास्ववियु लुम्बिनी प्रदेशका नवनियुक्त सह–संयोजक क. हेमन्त भट्टराईले छोटो प्रतिक्रिया दिंदै भने। ३२ वर्षे उमेर सीमा लागू गरेपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लुम्बिनी प्रदेशमा नेतृत्व हस्तान्तरणको एउटा निर्णायक मोड आएको […]

✍️ टार्जन वली शिक्षक जानुहुन्छ, तर उहाँको शिक्षाले हजारौंको मनमा उज्यालो बालिरहन्छ। राप्ती सोनारी गाउँपालिका–३ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयका सम्माननीय शिक्षक सेतीराम गोसाईलाई ३१ वर्षे गौरवपूर्ण शैक्षिक यात्रापछि एक भव्य विदाई कार्यक्रमका साथ बिदा दिइएको छ। मंगलवार विद्यालय परिसरमा आयोजित कार्यक्रममा उहाँलाई श्रद्धा, सम्मान र आँशुले भिजेको विदाई दिइएको हो। सेतीराम गोसाई, जसले […]

टार्जन वली राप्तीसोनारी, बाँके — आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वमा समेत अग्रसर हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा कार्यालय राप्तीसोनारीमार्फत गम्भीर कुपोषणका समस्या भोगिरहेका ३० जना बालबालिकालाई खाद्यान्न सहयोग प्रदान गरेको छ। राप्तीसोनारी गाउँपालिका–२ अगैयामा आयोजित एक कार्यक्रममार्फत बैंकले बालबालिकालाई पोषणमा आधारित सामग्री वितरण गर्दै समाजप्रति आफ्नो दायित्व निर्वाह गरेको हो। कार्यक्रममा सहभागी हरेक बालबालिकालाई १० केजी […]

कोहलपुर ,टार्जन वली लगातारको खडेरी र पर्याप्त वर्षा नहुनुका कारण बाँके जिल्लाका धानबालीहरु जोखिममा परेका छन्। समयमै वर्षा नभएकोले खेतमा रोपिएका धानहरु सुक्न थालेका छन् भने धेरै स्थानमा अझै रोपाइँ सुरु गर्नसमेत नसकिएको स्थानीय कृषकहरु बताउँछन्। जिल्लाको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले केही हदसम्म राहत दिएको भए पनि अधिकांश क्षेत्र अझै पनि आकाशे पानीकै […]

गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् । पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , […]

कोहलपुर, बाँके – स्थानीय स्तरमा लुकेर बसेका युवा प्रतिभाहरूलाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्यका साथ कोहलपुरमा पहिलोपटक “Next Model Kohalpur – Season 1” आयोजना हुँदैछ। बी नेक्ट्स इभेन्ट्स नेपाल प्रा.लि. को आयोजनामा हुन लागेको यस मोडलिङ प्रतिस्पर्धा आगामी श्रावण १० गते (शनिबार) को दिन कोहलपुर–११ स्थित होटल ट्री टप हेभन मा अडिसन […]

– राप्ती सोनारी ,टार्जन वली नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) राप्ती सोनारी गाउँपालिका–३ द्वारा आयोजित वडा स्तरीय अन्तरक्रिया कार्यक्रम एक भव्य र सुसंगठित रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) वडा नम्बर ३ का अध्यक्ष क. मिन कुमार चौधरीले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि […]

कोहलपुर (बाँके) — बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित ‘भरैया फार्मस्टे’मा रुद्राक्ष खेती फस्टाएको छ। यहाँ तीन वर्षदेखि दुई दर्जनभन्दा बढी बोटमा रुद्राक्ष फल्दै आएका छन्। ती सबै बोटले उत्पादन दिन थालेपछि स्थानीयस्तरमै व्यवसायिक खेतीको सम्भावना देखिएको छ। समुद्री सतहदेखि ८०० देखि १००० मिटरको उचाइमा राम्रो उत्पादन दिने रुद्राक्षका बोट तराईमा फल्न थालेपछि यसले पहाडी क्षेत्रमा सीमित […]

टार्जन वली कोहलपुर कोहलपुर नगरपालिका वडा नम्बर ११ पछिल्लो केही वर्षयता एक असाधारण रूपान्तरणको यात्रामा अगाडि बढिरहेको छ। यो यात्रा कुनै साधारण परिवर्तन मात्र होइन — यो महिला नेतृत्व, सेवा प्रभावकारिता र समावेशी विकासको मिसाल बनेको हो। वडाध्यक्ष कल्पना शर्माको दृढता र समर्पण: नेतृत्वमा नयाँ उदाहरण वडा नम्बर ११ की वडाध्यक्ष कल्पना शर्मा नेतृत्व, पारदर्शिता […]